काठमाण्डौ । नेपालीे टायर बजारलाई लक्षित गरी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले युरोग्रिप टायर नेपाली बजारमा ल्याएको छ । हंसराज हुलासचन्द बजाज दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीहरुका लागि नेपालको आधिकारिक बिक्रेता पनि रहेको छ।

टायरको सम्पूर्ण रेञ्जको साथ, युरोग्रिप टायर बजाजको दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीको ओरिजिनल फिटमेन्टका लागि सबैभन्दा ठूलो सप्लायर पनि रहेको छ । एक्स्ट्रा डिउरेबल टायर भनिएको युरोग्रिप टायरले लामो अवधिसम्म चल्नुको साथै आरामदायक सवारीको वाचा पनि गर्नेछ ।

युरोग्रिप टायरको उत्पादनमा प्रयोग गरिएको प्रविधि र डिजाइनले यसलाई नेपाली भुगोल सुहाउँदो बनाएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.का निर्देशक अभिमन्यु गोल्छा भन्छन्, ‘नेपालमा थुप्रै बाटोहरु अप्ठ्यारो रहेको र यसमा यात्रा गर्नुपनि उत्तिकै गाह्रो र खतरनाक छ । सहरमा पनि दैनिक कार्य गर्नको लागि थुप्रै खाल्डा खुल्डी, ढुङ्गा बाटोले यात्रा असुरक्षित बनाएको छ । अझ त्यसमा बर्षायाममा हुने हिलो बाटो त छँदैछ । यो सब कुरालाई मध्य नजर राखी हामीले उपभोक्तालाई एउटा यस्तो टायर दिन सोच्यौं जसले यी सबै अप्ठ्याराहरुको समाधान गर्दै हरेक पटक सुरक्षिक यात्रा प्रदान गर्नेछ । त्यसैले युरोग्रिप टायर नेपालको लागि निक्कै सुहाउँदो छ । यो अत्यन्त बलियो र टिकाउ छ । यसले उपभोक्ताहरुलाई निराश बनाउने छैन ।’

युरोग्रिप टायर नेपाल भरीका बजाज डिलरसिप र आधिकारिक सर्भिस सेन्टरहरुमा उपलब्ध हुने कम्पनीे जनाएको छ । साथै अरु आधिकारिक मल्टी ब्राण्ड आउटलेटहरुमा पनि उपलब्ध हुने छ ।