काठमाण्डौ । आरएसडिसी लघुवित्त बित्तीय संस्थाले आगामी मंसिर ८ गते आफ्नो चौथौ वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले शुक्रबार प्रकाशित गरेको सूचना अनुसार बुटवलको एशियन होटल प्रालिमा वार्षिक साधारणसभा आह्वान गरिएको हो । 

साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट संचालक समितिले सेयरधनीलाई यसअघि १३ प्रतिशत बोनस सेयर वितरणको निर्णय विशेष प्रस्तावको पेश हुनेछ । यो प्रस्ताव पारित भएपछि कम्पनीले १ करोड ४९ लाख ५० हजार बराबरको बोस सेयर वितरण गर्नेछ । 

हकप्रद र बोनस सेयर बाँडफाँड पश्चात कायम हुने चुक्तापूँजी ३५ करोड ९९ लाख ५० हजारमा पुनः ५ बराबर ३ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत साधारणसभामा पेश हुनेछ ।

हाल आरएसडिसीले २०० प्रतिशत हकप्रद निश्कासन गरेको छ, जुन कात्तिक २० गते बन्द हुँदैछ ।

हाल यसको चुक्तापूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । १३ प्रतिशत बोनस सेयर, २०० प्रतिशत हकप्रदपछि  चुक्तापूँजी ३५ करोड ९९ लाख ५० हजार पुुग्नेछ । 

यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा १ करोड ९६ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो ।