काठमाण्डौ । कोरोना महामारीको प्रभावका कारण मध्यपूर्वको हवाई कम्पनी इमिरेट्सले ९ हजार कर्मचारी कटौती गर्ने भएको छ।

कम्पनीले कर्मचारी कटौती गर्नेको संख्याबारे पहिलोपटक उल्लेख गरेको हो। कोरोनाको संकटपूर्व कम्पनीमा ६० हजार कर्मचारी कार्यरत थिए। कम्पनीले अहिलेसम्म करिब १० प्रतिशत कर्मचारी कटौती गरिसकेको र यसलाई १५ प्रतिशतसम्म पुुर्याउने जनाएको छ। 

कम्पनीले कर्मचारी कटौतीबारे आफ्ना ४ हजार ५०० पाइलटलाई जानकारी दिइसकेको र यसमध्ये १२०० जनालाई उनीहरुको काम कटौती हँुुदैछ भनेर स्पष्ट पारेको जनाएको छ। 

२९० हवाई कम्पनीको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय हवाई यातायात संघले यो वर्ष विश्व हवाई उद्योगले ८४ बिलियन डलर र १० लाख रोजगार गुुमाउने प्रक्षेपण गरेको छ। यतिबेला कोरोना संकटका कारण विश्वभरका हवाई कम्पनीहरुले धमाधम कर्मचारी कटौती गर्ने कार्यलाई बढावा दिइरहेका छन्। 

गत सातामात्रै अमेरिकाको तेस्रो ठूलो कम्पनी युुनाइटेड एयरलाइन्सले पनि ३६ हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको थियो। – एजेन्सी