काठमाण्डौ । गेलुन खोला हाइड्रोपावर कम्पनी लिमीटेडले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २२ लाख ५० हजार कित्ता सेयर आइपीओ गर्ने भएको छ । 

यही उद्देश्यका लागि यो कम्पनीले एनएमबी क्यापिटल लिमीटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । 

यो कम्पनीले सर्वसाधारणका लागि निकट भविष्यमै १७ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गर्नेछ भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख कित्ता सेयरको प्राथमिक निश्कासन हुनेछ । सिन्धुुपाल्चोकको जलबीरे, हगम र मरामची क्षेत्रका बासिन्दाले आयोजना प्रभावित क्षेत्रका लागि जारी हुने आइपीओमा आवेदन दिन पाउनेछन् । 

यो जलविद्युत कम्पनीले सिन्धुपाल्चोकमा ३.२ मेगावाटको सानो गेलुन जलविद्युत आयोजना संचालन गरिरहेको छ । आइपीओबाट प्राप्त रकमलाई अर्को जलविद्युत आयोजना निर्माण तथा हाल संचालनमा रहेको आयोजनाको ऋण तिर्न प्रयोग गरिने बताइएको छ ।