काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडलाई २१ करोड मूल्यको २१ लाख कित्ता सेयरको आइपीओ गर्ने अन्तिम स्वीकृति प्रदान गरेको छ । 

बोर्डले सिनर्जीलाई मंसि २३ गते अन्तिम स्वीकृति दिएको हो । अन्तिम स्वीकृति आएसँगै पुस पहिलो साता २१ करोड मूल्यको आइपीओमा सर्वसाधारणका लागि आवेदन खुलाउने तयारी थालेको छ । 

सिनर्जीको आइपीओ निश्कासन तथा व्यवस्थापनमा सानिमा क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

सिनर्जी पावरले दोलखामा १० मेगावाट क्षमताको सिप्रिङ खोला हाइडो प्रोजेक्ट निर्माण गरिरहेको छ । 

यो कम्पनीले यसअघि दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ७ करोड मूल्यको ७ लाख कित्ता आइपीओ गरेको थियो । 

नेपालमा हाल क्रियाशील एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सिनर्जीको आइपीओलाई ग्रेड ४ को रेटिङ दिएको छ ।