काठमाण्डौ । आइएमई समूूहद्वारा प्रवद्र्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड काठमाण्डौ महानगरपालिका २६, लैनचौर स्थित आफ्नै भवन हाथवे कम्प्लेक्समा मंसिर ३ गतेदेखि स्थानान्तरण भएको छ । 

नयाँ भवनको उद्घाटन कम्पनीका अध्यक्ष  हेमराज ढकालले एक समारोहका बीच गरे । 

सो अवसरमा कम्पनीका संचालकहरु तथा समूूहमा सम्बद्घ पदाधिकारीहरुको सहभागिता थियो । स्थापनाको छोटो समयमा नै पुँजिबजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस कम्पनीको मुख्य उद्देश्य सूूचिकृत कम्पनीहरुको शेयरमा लगानी गर्ने रहेको छ ।

पुँजिबजारका अलावा दीर्घकालीन लगानीका रुपमा रियलस्टेट, हाईड्रोपावर, विमा ब्यवसाय जस्ता क्षेत्रहरुमा समेत लगानी गरेको यस कम्पनीले विगतमा समस्याग्रत रहेका एन.वि.इन्स्योरेन्स कम्पनी लिमीटेड र अरुण फाईनान्स लिमीटेडको शेयर विभिन्न समुहमा ब्यवस्थापन गरी सफलतापूूर्वक संचालनमा ल्याइसकेको छ । 

उद्घाटन मन्तव्य दिंदै अध्यक्ष ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यूटी र भेञ्चर क्यापिटलको रुपमा कार्य गर्दै निजी क्षेत्रको उत्कृष्ट लगानी कम्पनीको रुपमा स्थापित गराउने बताए । यसैगरी, प्रबन्ध संचालक अम्बिकाप्रसाद पौडेलले विगतको आरोहअवरोहका बीचमा कम्पनीले गरेको प्रगति यसै कम्पनीका लगानीकर्ता तथा संचालकहरुको विशेष योगदानको प्रतिफल रहेको बताए ।

नेपाल स्टक एक्सचेञ्जको ओ.टि.सी मार्केटमा सूचिकृत यस कम्पनीको शेयर खरिद बिक्री गर्न इच्छुक लगानीकर्ताले ओ.टि.सी मार्केटमार्फत शेयर खरिद बिक्री गर्नसक्ने र कम्पनीको रु ५० प्रतिकित्ता शेयर रु १२५ मा अन्तिम कारोबार भएको छ ।