काठमाण्डौ । नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्न पाइने भएको छ । 

काठमाण्डौंको चाबहिलमा रहेको केएल मोबाइल हबले मोबाइल मेलामा अहिलेसम्मकै सस्तो मूल्यमा सेवाग्राहीलाई मोबाइल उपलब्ध गराउने भएको हो । 

फागुन १ देखि मोबाइल हबमा मोबाइल मेला सञ्चालन भइरहेको छ । मेलामा मोबाइल किन्नेलाई अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल बिक्रीगर्ने व्यवस्था मिलाइएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । ‘हामीले अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्ने मौका दिएका छौं । यसबाट मोबाइल खरिद गर्न चाहने धेरैभन्दा धेरै सेवाग्राहीले फाइदा लिनुहुनेछ भन्ने विश्वास मोबाइल हबले लिएको छ ।’ ग्लाइडरले भने । 

मेलामा मोबाइल किन्नेहरुको चाप बढेपछि धेरैभन्दा धेरैजनालाई यो योजनामा सहभागी गराउने लक्ष्य मोबाइल हबले लिएको छ । सस्तोमा मोबाइल किनेपछि पनि हात खाली नजाने उपहार योजनाबाट सेवाग्राहीले दोहोरो फाइदा लिन सक्नेछन् । 

मेलाअवधिमा राखिएका विभिन्न किसिमका दोहोरो अफरका साथै अधिक सस्तोमा मोबाइल खरिद गर्न पाउने भएकाले उपभोक्ताको पनि अधिक चाप देखिएको छ ।

एउटा मोबाइल किन्दाअर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित केएल मोबाइल हबले सञ्चालन गरिरहेको मेलामा खेल खेलेर मोबाइल जित्नुका साथै फोटो कन्टेस्टमा फोटो खिचाएर पनि मोबाइल जित्नसक्ने अफरहरु छन् ।

केएल टावरको भुईँ तल्लामा उपहार योजनामा सहभागी गराउन खेलाइएको गल्फ खेल मोबाइल मेलाको आकर्षण बनेको छ । गल्फ खेलेर धेरै स्कोर गर्नेले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाउने व्यवस्था मोबाइल हबले मिलाएको छ । 

साथै मोबाइल हवले मेला अवधिभरी फोटो कन्टेस्ट पनि सञ्चालन गरिरहेको छ । यो योजनामा सहभागी भएर फोटो खिचाएका ग्राहकहरुले मोबाइल हबको फेसबुक पेजमा धेरै लाइक र कमेण्ट पाएका आधारमा ओप्पो एफ ५ र भिभोको भि ७ मोबाइल पाउने छन् ।

यसका साथै पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफरका कारण मोबाइल मेलामा ग्राहकको उपस्थिति बाक्लो भएको मोबाइल हबका निर्देशक संगम राई बताउँछन् । धेरै ग्राहकलाई केएल मोबाइल हबले सुपथ मूल्यमा मोबाइल उपलब्ध गराउन दोहोरो अफरका साथै सस्तो मूल्यमा मोबाइल उपलब्ध गराइएको राईको भनाई छ ।

मेला फेब्रुअरी २८ सम्म सञ्चालनहुनेछ । विश्व बजारमा पाइने २५ भन्दाबढी चर्चित ब्राण्डका विभिन्नमोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध छन् ।