काठमाण्डौ । बारा र पर्साका हावाहुरी पीडितहरुलाई सेञ्चुरी कमर्सियल बैंकले रु. ५ लाख बराबरको खाद्यान्न सहयोग गरेको छ । 

बैंकले सो घटनामामा मृत्यु हुनेहरुमा समवेदना व्यक्त गर्दै र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ५ लाख रुपैयाँ बराबरको सहयोग गरेको हो । 

बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत त्यस घटनाका ४९० पीडित परिवारहरुलाई ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।