काठमाण्डौ । जलवायु परिवर्तन भयावह स्थितिकै कारण विश्वका कतिपय स्थानका मासिन खाद्यसंकटको चपेटामा परिरहेका छन् ।

जनघनत्वको वृद्धिसँगै ऊर्बर भूमिको विनाश र जलवायु परिवर्तनका निम्तिएका विभिन्न प्राकृति विपत्तिले खेतीयोग्य जमिनमा भइरहेको ह्रासले खाद्य बाली उब्जिनको संकट बढ्दै गइरहेको छ । यस्तोमा कतिपय देशका जनतामा खाद्यान्नका लागि परनिर्भरता बढ्दै गएको छ ।

विश्वमा बढ्दै गएको खाद्यसंकट टार्ने उद्देश्यले फिनल्यान्डका वैज्ञानिकहरुले हावा, पानी र बिजुलीको समिश्रणबाट एउटा छुट्टै खाद्य पदार्थ विकास गरेको दाबी गरेका छन् । यो खाद्यपदार्थको नाम ‘सोलेन’ दिइएको छ । यसलाई ‘थिन एयर फुड’ पनि भनिएको छ ।

यो खाद्य पदार्थ हाम्रो परम्परागत भोजन उत्पादन गर्ने तरिकामा क्रान्ति ल्याउन सक्ने दाबी वैज्ञानिकहरुले गरेका छन् । यो खाद्यपदार्थ उत्पादन गर्ने सोलर फुड्स कम्पनीका अनुसार विश्वमा लगातार बढिरहेको भोजनको मागको विकल्प ‘सोलेन’ बनन सक्नेछ । यो पर्यावरणका लागि निकै फलदायी हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार अन्नको बढ्दो मागका कारण पृथ्वीमा संसाधनको भारी दबाब परिरहेको छ । अन्न उत्पादन गरिने जमिनबाट  ग्रिनहाउ ग्यास उत्सर्जनको जिम्मेवार रहेको छ । आँकडाका अनुसार १४.५ प्रतिशत ग्रिनहाउस ग्यास पशु, खेती डेरीबाट उत्पादित हुन्छन् ।

कम्पनीले यो परिदृश्य बदल्न ‘सेलन’ खाद्यपदार्थ फलादायी हुने दाबी गरेको छ । उसले पृथ्वीलाई जलवायु परिवर्तनबाट उत्पादन हुने परिस्थितिबाट बचाउन पनि परम्परागत खेती प्रणालीबाट बाहिर आउने पनि जनाएको छ । 

कम्पनीले सोलेनलाई प्राकृतिक प्रोटिनको प्रमुख स्रोतका रुपमा विकसित गरिरहेको दाबी गरेको छ । यो अन्य प्रोटिनयुक्त खानेकुराजस्तै स्वादहीन र कुनै पनि भोजनका रुपमा प्रयोग गर्न सकिन्छ । यसको उत्पादनमा एउटा सानो कार्बन फुटप्रिन्ट हुनेछ । एउटा फरमेन्टेसन ट्यांकभित्र ब्याक्टिरिया विकसित गरी यो खाद्यपदार्थ तयार गरिन्छ ।

सोलर फुड्स कम्पनी पानीबाट बिजुली बनाएर हाइड्रोजन बनाउँछ र कार्बन डाइअक्साइडको हावाबाट बाहिर निकालिन्छ । त्यही कारणले कम्पनीले यो खाद्य पदार्थलाई ‘थिन एयर फुड’ नाम दिएको हो ।

वैज्ञानिकहरुले यो प्रक्रियापछि जुन पाउडर (धुलो) उत्पन्न हुन्छ, त्यसमा ६५ प्रतिशत प्रोटिन, कार्बोहाइड्रेट्स र फ्याट समावेश हुन्छ । यो पाउडरको ब्रेड वा पास्तामा हालेर उपभोग गर्न सकिन्छ ।

यो खाद्यपदार्थलाई डेरी प्रडक्ट र मासुको विकल्पका रुपमा उपभोग गर्न सकिन्छ । – एजेन्सी