काठमाण्डौ । हिन्दु राष्ट्र पुनस्र्थापनाको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी अध्यक्ष कमल थापा लगायतका नेताहरुलाई गिरफ्तार गरेको छ । 

पुतलीसडकस्थित पद्मोदय मोडमा सार्वजनिक यातायात ठप्प पारी राप्रपाले कोणसभा र प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरी नेताहरुलाई  पक्राउ गरेको हो । 

राप्रपाका अध्यक्ष कमल थापासहित नेताहरु दीपक बोहरा, बुद्धिमान तामाङ लगायतलाई पनि प्रहरीले पक्रेको हो । 

धरपकडको क्रममा प्रदर्शनस्थल केहीबेर तनावग्रस्त बनेको थियो ।