काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्सले आफना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । 

यो कम्पनीको मंसिर ५ गते सम्पन्न २१९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई १५ प्रतिशतको दरले नगद लाभांश वितरणको निर्णय गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

यो कम्पनीको असार मसान्तसम्मको चुक्तापूँजी ३८ करोड ५२ लाख थियो । यो हिसाबले सेयरधनीलाई ५ करोड ७७ लाख ८० हजार नगद लाभांश वितरण गरिने बताइएको छ । 

बिमा समिति र कम्पनीको आगामी चौबीसौं वार्षिक साधारणसभाबाट पारित भएपछि यो निर्णय कार्यान्वयनमा आउनेछ ।