काठमाण्डौ । हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्रीप्रबन्धक नियुक्त गरेको छ । 

हिमालयन हाइड्रोले रु. १०० अंकित दरको २२ लाख ५० हजार कित्ताको २२ करोड पचास लाख रुपैंया बराबरको आईपिओ निष्काशन गर्न लागेको हो ।

कुल निश्कासन गर्ने भनिएको कित्तामध्ये ९ लाख कित्ताको ९ करोड रुपैंया बराबरको शेयर परियोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । 

आईपिओ निष्काशन गर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच सम्झौता भएको छ । आईपिओ निष्काशन सम्बन्धी सम्झौतापत्रमा जेठ २१ गते हिमालयन हाइड्रो पावर लिमिटेडका तर्फबाट संचालक शिवकृष्ण श्रेष्ठ र जनता क्यापिटलको तर्फबाट कार्यकारी निर्देशक विश्व सुवेदीले हस्ताक्षर गरे । 

आइपीओ निश्कासन गर्न लागेको हिमालयन हाइड्रोले आगामी दशैंसम्ममा विद्युत उत्पादनको लक्ष्य राखेको छ । 

यता, जनता बैंक नेपाल लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित जनता क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट कारोवार अनुमति पाएसंगै जनता बैक नेपाल लिमिटेड र स्पर्श माईक्रोफाईनान्स लिमिटेडको शेयर रजिष्ट्रेशन सम्बन्धी कारोबार सुरु गरिसकेको छ । जनता क्यापिटलले निकट भविष्यमै लगानी व्यवस्थापन सेवा समेत संचालन गर्न लागिरहेको छ।