काठमाण्डौ । हिमालयन डिस्टीलरी लिमीटेडका सेयरधनी मालामाल हुने भएका छन् । 

यो कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि लगानीकर्तालाई सतप्रतिशतभन्दा पनि बढी लाभांशको वितरणको प्रस्ताव गरेसँगै सेयरधनी मालामाल हुने देखिएको हो । 

कम्पनीको कात्तिक २४ गते बसेको संचालक समितिले आर्थिक वर्ष २०७५/७६ का लागि कम्पनीका सेयरधनीहरुलाई ५२.६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ समेत) तथा चुक्तापूँजीको ५० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । 

कर प्रयोजनका लागि छुट्याइएको नगद लाभांशलाई घटाएर हेर्दा कम्पनीले आफ्ना लगानीकर्तालाई सतप्रतिशत लाभांश वितरणको निर्णय गरेको देखिएको छ । यो निर्णयबाट लगानीकर्ता मालामाल हुनेछन् ।

कम्पनीले प्रस्ताव गरेको लाभांश पारित गर्नका लागि आगामी पुस १ गते मंगलबारका दिन पर्साको वीरगञ्जमा १९ औं वार्षिक साधारणसभा बोलाउने निर्णय समेत भएको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ ।

नगद लाभांश र बोनस सेयर प्रयोजनार्थ कम्पनीले आगामी मंसिर १५ गते आइतबारका दिन बुक क्लोज गर्ने मिति तय गरेको छ । यसको अर्थ कम्पनीबाट घोषित बम्पर लाभांश सुरक्षित गर्न चाहनेले मंसिर १३ गते शुक्रबारभित्र यसको सेयर खरीद गरिसक्नुपर्नेछ ।