काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई ६ प्रतिशत बढीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको आज बिहीबार बिहान बसेको बैठकले गत आर्थिक वर्ष २०७५/७६ का लागि अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढीले लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । जसमा १० प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा कुल १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा ५ प्रतिशत बोनस सेयर र १०.७८ प्रतिशत नगद लाभांश (लाभांश करसहित) थियो ।

गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरिने भनिएको कुल २२ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।