काठमाण्डौ । गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६९ करोड ४२ लाख खुद नाफा आर्जन गरेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ६.८५ प्रतिशतले बढेको हो । गत वर्ष बैंकको खुद नाफा ६४ करोड ९६ लाख रुपैयाँ थियो ।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १९ करोड ८८ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा ९९ करोड २ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा ९२ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।

प्रथम त्रैमासमा बैंकले खुद ब्याज आम्दानी १ अर्ब ३१ करोड रुपैयाँ गरेको छ । गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३१ करोड रुपैयाँ नै रहेको थियो ।

बैंकले समीक्षा अवधिमा १ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ७० करोड रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले १ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको आकार समीक्षा अवधिमा गत वर्षको तुलनामा ९.२७ प्रतिशतले बढ्दै ५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भको आकार ५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३२.५९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९५.८३ रुपैयाँ रहेको छ ।