काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ ।

बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि सोमबार (माघ १३ गते) देखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमाध बैंकको वार्षिक साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।

बैंकले यही माघ २९ गते काठमाण्डौको भद्रकालीनस्थित त्रिभुवन आमी अफिर्स क्लबमा आफ्नो २७ औँ वार्षिक साधारणसभा गर्दैछ ।

सभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश ९करसहित० अनुमोदन गर्नेछ । त्यस्तै बैंको अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी १२ अर्ब रुपैयाँ पुर्याउनेसम्बनधी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभामा प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भएअनुसार संस्थापक सेयरधनीहरुका तर्फबाट पाँचजना सञ्चालकहरुको मनोनयनरनिर्वाचन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।