काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडले सर्वसाधारणका लागि २१ लाख ३० हजार ८ सय ३४ कित्ता प्राथमिक सेयर निश्कासन(आइपीओ) गर्ने भएको छ । 

यो कम्पनीले आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा ५ दिनअघि आवेदन दिएको हो । 

कम्पनीको आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेड तोकिएको छ । 

नेपालको एक मात्र क्रेडिट रेटिंग एजेन्सी इक्रा नेपालले यो कम्पनीको आइपीओलाई आइपीओ ग्रेड फोर प्लसको रेटिंग दिएको छ । यसको अर्थ, यो कम्पनीको आधारभूत अवस्था सामान्य रहेको भन्ने हो । 

लमजुुंगमा रहेको आयोजना प्रभावित क्षेत्रका लागि यो कम्पनीले केही समयअघि १० लाख ६५ हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । स्थानीयलाई आइपीओ सहभागी गराएपछि कम्पनीको चुक्तापूँजी बढेर ८५ करोड २३ लाखको उचाईमा पुुगेको छ । सर्वसाधारणका लागि आइपीओ जारी भएपछि चुक्तापूँजी १ अर्ब ६ करोडको उचाईमा पुुग्नेछ । 

हिमालयन पावर पार्टनर लिमीटेडले लमजुंगमा २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।