काठमाण्डौ । कारोबारमा आएको दोश्रो दिन पनि हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । 

पहिलो दिन बुधबार नेगेटिभ सर्किट लागेको यो कम्पनीको मूल्यमा दोश्रो बिहीबार समेत सोही प्रवृतिले निरन्तरता पायो । 

लगातार नेगेटिभ सर्किट लागेसँगै यो कम्पनीको सेयर मूल्य आइपीओ निश्कासन भएको १०० रुपैयाँ प्रतिकित्ताभन्दा मुनि झर्ने संभावना बढ्दै गएको देखिएको छ । 

नेप्सेले यो कम्पनीलाई दोश्रो बजारमा कारोबारका लागि ९८ रुपैयाँ ३६ पैसादेखि २९५.०८ पैसाको ओपनिङ रेञ्ज तोकेको थियो । तर, यो कम्पनीको पहिलो कारोबार चाहि १६० रुपैयाँमा भएको थियो । 

यो कम्पनीको सेयरमा उच्च बिक्री चाप रहेको देखिन्छ । जलविद्युत कम्पनीका सेयरहरु घटिरहेको बेला यो कम्पनीमा पनि त्यसकै प्रभाव देखिएको हो । 

सरकारले जलविद्युत कम्पनीहरुका लागि समेत नियामकको व्यवस्था गरे पनि त्यसले ती कम्पनीको सेयर मूल्यमा खासै प्रभाव पारिसकेको छैन । यसले समेत अझै पनि करिब एकदर्जन जलविद्युत कम्पनीका सेयर मूल्य अंकित मूल्य भन्दा मुनि रहेको छ । 

हिमालय उर्जाको मूल्य तल झरिरहँदा १०० भन्दा कम मूल्यमा दोश्रो बजारमा कारोबार भइरहेका कम्पनीहरुको विषयमा समेत हामीले खोज्ने प्रयास गरेका छौ । 

एकसय रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भइरहेका १३ कम्पनीको सूचिमा १२ वटा हाइड्रो कम्पनी मात्र रहेका छन् । एउटा कम्पनी मात्र बित्त समूहबाट परेको छ । 

बिहीबार कारोबार समयपछिको अन्तिम बिक्री मूल्यका आधारमा कुन कुन कम्पनीको सेयर अहिले पनि बजारमा आइपीओ मूल्य भन्दा सस्तोमा पाइराखिएको छ, यो टेबल हेर्नुहोस: