काठमाण्डौ । नेपालको अन्तर्राष्ट्रिय विमानबाहक हिमालय एअरलाइन्सले बंगलादेशको सांस्कृतिक, राजनीतिक तथा सांस्कृतिक केन्द्र तथा देशको राजधानी ढाकामा आफ्नो पहिलो उडान भरेको छ ।

प्रिमियम इकनोमि क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०–२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान सेवा उपलब्ध गराउनेछ । केवल एक घण्टाको उडान दूरी रहेकोले व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रुका लागि त्यही दिन फर्कन मिल्ने सुविधायुक्त उडान तालिका प्रस्ताव गरिएको छ । यो नयाँ रुटले नेपालको एसियाली मुलुकसँग सम्पर्क अझ बढावा दिने आशा गरिएको छ । 

उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उडड्यन प्राधिकरण तथा नेपाल सरकारका विभिन्न कार्यालयहरुबाट आमन्त्रित विशेष अतिथि तथा विशिष्ट पाहुनाहरुको उपस्थितिमा उद्घाटन उडानको खुशीयालीमा केक काट्ने कार्यक्रम र्याडिसन एयरपोर्ट रेस्टुरेन्टमा सम्पन्न भयो । एअरलाइन्सको यो कदमलाई नेपालका लागि बांङ्गलादेशी राजदूत महामहिम मासफी बिन्ते साम्सले बधाई ज्ञापन व्यक्त गरिन् ।

२०७६ साउन ६ (जुलाई २२, २०१९) गते कुल १४१ यात्रु बोकेर उद्घाटन भएको हिमालय एअरलाइन्सको विमान एच नाइन ६७८ काठमाडौंको त्रिभुवन विमानस्थलबाट स्थानीय समय ११ः३३ मा उडेको थियो र ढाकाको हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १३ः०० मा अवतरण गरेको थियो । सोही दिन कुल १०४ यात्रु बोकेर एयरलाइन्सको विमान एच नाइन ६७९ ढाकाबाट स्थानीय समय १४ः२६ मा उडान भरी त्रिभुवन विमानस्थलमा १५ः४४ मा अवतरण गरेको थियो । हिमालय एअरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई बांङ्गलादेशमा आफ्नो जिएसए (साधारण विक्री एजेन्ट) का रुपमा नियुक्त गरेको छ ।

भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष विजय श्रेष्ठले टिप्पणी गर्दै भने, ‘व्यापार, जनशक्ति, पर्यटन तथा संस्कृति आदानप्रदानलाई अझ प्रगाढ बनाउ“दै दुवै मुलुकका व्यावसायिक यात्रुका लागि रहेको महत्वपूर्ण व्यापारिक अवसरलाई प्रोत्साहन गरी काठमाडौं र ढाकालाई निकट ल्याउन पाउ“दा हामी प्रशन्न छौं । दुवै बजारबाट यो रुटमा सीधा उडान सञ्चालन हुनुपर्ने माग छ र हामीले बढ्दो ग्राहकको आवश्यकतालाई मध्यनजर गरी उडान सुरु गरेका छौं । यो नया“ रुटले घुमफिर प्रयोजनका लागि आउने यात्रु आगमनलाई बढाउने मात्र नभई बांङ्गलादेशमा अध्ययन गरिरहेका र विशेषगरी चिकित्सा क्षेत्रमा अध्ययन गर्ने ठूलो संख्यामा रहेका नेपाली विद्यार्थीहरुका लागि समेत सेवा प्रदान गर्नेछ । भ्रमण बर्ष २०२० को प्रवद्र्धन सहित २० लाख पर्यटन भित्र्याउने लक्ष्यलाई मध्यनजर गर्दै हामीले छिटै नै अन्य धेरै अन्तर्राष्ट्रिय रुटमा उडान भर्ने अभिप्राय राखेका छौं ।’

करिब ८० लाख जनसंख्या भएको ढाका दक्षिण एसियाको प्रमुख सहरहरु मध्ये एक हो । बांङ्गलादेशको ठूलो र विश्वकै अधिक जनसंख्या भएको शहर ढाका परम्परागत रुची राख्नेहरुका लागि उपयुक्त पर्यटकीय गन्तव्य स्थल हो । 

नेपाल भ्रमण आउने पर्यटकहरुमा बांङ्गलादेशी पर्यटकको योगदान औसत २ प्रतिशत रहेको छ र सन् २०१९ को जनवरी देखि जुन २०१९ सम्म १०,५९० बांङ्गलादेशी पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष सन् २०१८ को दाँजोमा बंगलादेशी पर्यटकको संख्या करिब २५ प्रतिशतले घटेको छे । नयाँ सञ्जाल प्रारम्भ गरे सँगै हिमालय एअरलाइन्स्ले ठूलो संख्यामा बांङ्गलादेशी पर्यटकलाई नेपाल भित्र्याएर भ्रमण वर्ष २०२० को पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्न आफ्नो योगदान पुर्याउने आशा व्यक्त गरिएको छ ।