काठमाण्डौ । हिमालय एअरलाइन्सले आगामी बैशाख १५ देखि काठमाण्डौदेखि दुुबईका लागि दोहोरो उडान भर्ने घोषणा गरेको छ । 

दोहा, क्वालालम्पुर र याङगुनको नियमित उडानपछि यो एयरलाइन्सको दुबई नयाँ उडान गन्तव्य हुनेछ । 

दैनिक सेवाको सुरुवातसँगै हिमालय एअरलाईन्सले तीनवटा A-320-214 मध्ये एउटा एअरबस यस मार्गमा सञ्चालन गर्नेछ, जसमा ८ वटा बिजिनेस क्लास र १५० वटा इकोनोमी क्लास नियमित आधारमा विभाजित गरेको छ । 

यस एअरलाईन्सको उडान नँम्बर H9 557 काठमाण्डौंबाट १०:४० (स्थानिय समय) मा प्रस्थान गरी दुबईमा १३:२५ (स्थानिय समय)मा अवतरण गर्नेछ । त्यसैगरी, उडान नम्बर H9 558दुबर्ईबाट १४:२५ (स्थानिय समय)मा प्रस्थान गरी काठमाण्डौमा २०:२० (स्थानिय समय)मा अवतरण गर्नेछ । अहिलेसम्म नियमित उडान तालिकाको अभिलेखअनुसार एअरलाइन्सको उडान तालिका औसत उचाई माथि छ र त्यही स्तरको विश्वसनीयता र नियमिततालाई निरन्तरता दिने उद्देश्य राखिएको छ ।  

नयाँ उडान गन्तव्यबारे हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने–‘दुबई पर्यटन र व्यापार यात्राका लागि रोमाञ्चक गन्तव्यहरुमध्ये एक हो । हामी हाम्रा यात्रुवर्गहरुलाई प्रतिस्पर्धी विकल्प उपलब्ध गराउने कुरामा गर्वको अनुुभूति गर्दछौ । हामी आशावादी छौ, हाम्रो नयाँ उडान क्षेत्रमार्फत नयाँ यात्रुहरु आगमन भई नेपालको अर्थव्यवस्थामा योगदान पुर्याउनुका साथै एकै समयमा दुबै आगमन र बहिर्गमन यात्राका लागि राम्रो बजार हुनेछ ।’

एअरलाईन्सले काठमाण्डौ-दुबर्ई-काठमाण्डौका लागि शुरुवाती टिकटदर रु. २४,८२७ (राउण्ड ट्रिप) र दुबई-काठमाण्डौ-दुबईका लागि शुरुवाती टिकटदर AED ३५० कायम गरेको छ । सो दरमा सरकारी कर समावेश गरिएको छैन ।