काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलमा एटिएम सेवा शुभारम्भ गरेको छ । 

बैंकको १२ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोकबिक्रम थापाले संयुक्त रुपमा एटिएम सेवाको उद्घाटन गरेका बैंकले जनाएको छ ।

यसले गर्दा हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।