काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडलाई धितोपत्र बोर्डले ७८ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ । 

बोर्डले यो कम्पनीलाई आयोजना प्रभावितका लागि १६ लाख र सर्वसाधारणका लागि ६२ लाख गरी कुल ७८ लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको हो । 

यो कम्पनीले चुक्तापूँजी ४८.७५ प्रतिशत बराबरको आइपीओ जारी गर्न लागेको हो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ ।