काठमाण्डौ । भारतका धेरैजसो गाडी उत्पादन कम्पनीहरू अहिले इलेक्ट्रिक प्रोडक्ट उत्पादनमा जोड दिइरहेका छन् । यस्तै हिरो कम्पनीले इलेक्ट्रिक स्कुटर उत्पादन बढाउने तयारी गरिरहेको छ । 

अहिलेको अवस्थामा हिरो कम्पनीले वार्षिक एक लाख इलेक्ट्रिक स्कुट उत्पादन गर्ने क्षमता राखेको छ । तर कम्पनी यसलाई बढाएर बर्सेनि पाँच लाख उत्पादन गर्ने कोसिसमा लागेको छ । यसका लागि कम्पनीले आउँदा तीन वर्षमा रु. ११ अर्ब २० रुपैयाँ लगानी गर्नेछ । 

हिरो इलेक्ट्रिकका मेनेजिङ डाइरेक्टर नवीन मुञ्जालले कम्पनीले इलेक्ट्रिक गाडीको हरेक क्षेत्रमा विस्तार गर्नेछ । यसमा डिलर नेटवर्क, वर्कफोर्स, उत्पादन पोर्टफोलियो र म्यानिफ्याक्चरिङ समावेश छन् । 

मुञ्जालले कम्पनीले इलेक्ट्रिक स्कुटर उत्पादनका लागि लगानी गर्नेछ र त्यसका लागि पुँजी जुटाउने काम भइरहेको छ । यद्यपि कम्पनीले पुँजी जुटाउने विषयमा खुलेर जानकारी गराएको छैन । 

भारत सरकारले इलेक्ट्रिक गाडी बढावा दिन कर छुटको व्यवस्था गरेपछि अहिले भारतका धेरैजसो गाडी उत्पादन कम्पनीहरु इलेक्ट्रिक गाडी उत्पादनमा जोड दिइरहेका छन् । – एजेन्सी