काठमाण्डौ । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले आफ्नो लोकप्रिय प्रिमियम मोटर साइकल –एक्स्पल्स २०० एक कार्यक्रमबीच मंगलबार सार्वजनिक गरेको छ । 

नेपालली बजारका लागि आफ्नो महत्वकांक्षी प्रिमियम उत्पादन रणनीति लिएको हिरो मोटोकर्पले उत्पादन गरेको यो मोटरसाइलको मूल्य ३ लाख ८५ हजार कायम गरिएको छ  । 

साहसिक बाइकिङ समूहअन्तर्गत पृथक र विशेषतायुक्त एक्स्पल्स २०० मोटरसाइकल देशभर रहेका नेपाल जेनरल मार्केटिङका सबै डिलरबाट उपलब्ध हुने बताइएको छ । 

एक्सपल्स २०० बिक्री शुरु गरेको मात्र केही महिनाको अवधिमा नै यो भरतमा उच्च बिक्री हुने एड्भेञ्चर बाइक बनिसकेको छ । साथै ल्याटिन अमेरिका जस्ता विश्व बजारहरुबाट पनि यसले अत्यन्त सकारात्मक प्रतिक्रियाहरु प्राप्त गरिरहेको कम्पनीले जनाएको छ । 

यसअघि सार्वजनिक भएका दुई मोटरसाइकल एक्सपल्स २००  एस र एक्सपल्स २०० टि नयाँ प्रिमियम समूहका मोटरसाइकलहरुका साथ हिरो मोटरकर्पले नेपालमा प्रिमियम मोटरसाइकलको वर्गमा आफ्नो उपस्थिति बलियो हुने अपेक्षा गरेको छ ।

एक्स्पल्स २०० मा २०० सिसि सिभिकार्बुरेटर इन्जिन जडान गरिएको छ जसले १८.४ पिएस पावर र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमता राख्दछ । यो मोटरसाइकल सुरक्षा र सुविधाजनक गुणका विशेषताहरुले भरिएको छ । जसमा एकल च्यानल एबिएस, मोड मोडको परिचालन, एलइडि हेड ल्याम्प र टेल ल्याम्प, ब्लुटूथ सहितको डिजिटल गति सूचकयन्त्र, टाइ प्यवाइन्टहरुयुक्त ठूलो आसन र रबर प्याडहरुको साथमा सामान राख्ने प्लेट रहेका छन् । यसमा रहेको  मोनो शकले कुनै पनि स्थानमा गति लिन मजबुती प्रदान गर्दछ । 

एक्स्पल्स २००  चकलेटी चमकदार रातो, कालो, हल्का सिल्ड सुनौलो र हल्का एक्सिस कैलो गरी ४ विविध रङ्गहरुमा उपलब्ध छ ।