काठमाण्डौ । नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले हालै आइ ट्वान्टी एक्टिभ फेसलिफ्ट २०१८ लञ्च गरेको छ । 

गत मे महिनामा भारतमा लञ्च भएको यो मोडेल नेपालको बजारभरि बहुप्रतिक्षित थियो ।

नयाँ हुण्डाई आईट्वान्टी एक्टिभ छरितो बाहिरी आवरण र सहज भित्री डिजाइनको साथ आएको कम्पनीले जनाएको छ । आईट्वान्टी एक्टिभको समग्र डिजाइन भने उस्तै राखिएको छ र दमदार लुक्सका लागि बडी क्लेडिङ र रुफ रेल्सको विशेषता दिइएको छ । प्रिमियम लुक भएको यो मोडेलले पहिलेको आईट्वान्टी एक्टिभले झै ग्राहकको ध्यान तान्ने अपेक्षा गरिएको छ ।

सुरक्षाको मापदण्ड अनुरुप यसमा एबीएस र एअरब्यागस्को विशेषता छ भने प्रिमियम फिचरको रुपमा स्टेरिङ अनुकुल पछाडि देखिने क्यामराको साथ पछाडिको लागि पार्किङ सेन्सर पनि छ । उत्कृष्ट र सफा डिस्प्लेका लागि यसमा अझ राम्रो टच् भएको इन्फोटेन्मेन्ट सिस्टम छ । यो आर सिक्सटिन डाइमण्ड कट् एलो व्हीलको साथ आउँछ ।

आईट्वान्टीको यो नयाँ मोडल बेस र एस गरी दुई भेरियन्टमा आउँछ, जुन क्रमशः रु. ३३,९६,००० र रु. ३७,९६,००० मा उपलब्ध छन् । 

सन् २००९ मा स्थापित भएदेखि, लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय र झन्झट मुक्त सेवा प्रदान गर्दै आएको छ । आजको दिनसम्म आइपुग्दा लक्ष्मी ह्युण्डाईले आफ्नो १३ डिलर र सर्भिस सेन्टर सहितको डिलर सञ्जालको मद्दतले नेपालभरि नै आफ्नो बलियो पकड जमाउन सक्षम भएको छ ।