काठमाण्डौ । सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि बैंक खाता अनिवार्य खोल्नुपर्ने व्यवस्था गरेको छ । 

विदेशमा जाने जोसुकैले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने र विदेशबाट नेपाल पैसा पठाउँदा समेत सोही खातामा पठाउनुपर्ने नीति बनाइएको हो । 

अर्थमन्त्रीले सोमबार बजेट भाषण प्रस्तुुत गर्दै रेमिटान्स अबैध रुपमा स्वदेश भित्रिने क्रमलाई रोक्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताएका हुन् । पछिल्लो समय देशमा भित्रिने रेमिटान्स हुण्डीबाट बढी आउने गरेको छ भने बैकिंग च्यानलबाट धेरै कम मात्र आउने गरेको छ । 

सरकारले विदेशमा कमाएको पैसालाई रेमिट हाइडो लगायतका प्रोजेक्टहरुमा लगानी गर्न प्रोत्साहित गर्ने समेत महराले घोषण गरेका छन् ।