काठमाण्डौ । हुन्डई मोटरले आफ्नो नयाँ मोडलको कार Grand i10 Nios  भारतमा अगस्ट २० तारिखमा लन्च गर्दैछ ।

गत अगस्ट ७ मा अनौपचारिक रुपमा सार्वजनिक गरिएको यो कारको बुकिङ भने शुक्रबारबाट खुला गरिएको छ । खरिदकर्ताले भारु ११ हजार अग्रिम भुक्तानी दिएर भारतका सबै डिलरसिल वा अफिसियल डिजिटल प्लेटफर्ममा बुक गर्न सकिन्छ ।

विशेषगरी भारतमा कारका लागि Grand i10 Nios  नाम दिइएको छ । तर विश्व बजारमा यसको नाम i10 रहने छ ।

यो कार १.२ लिटर पेट्रोल र १.२ लिटर डिजल इन्जनको हुनेछ । दुवै इन्जिन बीएस६ एमिसन नम्र्सअनुरुप हुनेछ ।

यो नयाँ कारको मूल्य यसको वर्तमान मोडलभन्दा थोरै बढी पर्नेछ । यो कारको मूल्य भारु ४.९८ लाखदेखि ७.६३ लाख रुपैयाँको बीचमा हुनेछ ।

यो कारमा सिग्नेचर कास्क्याडिङ ग्रिल, ठूलो बम्पर, कम्प्याक्ट र स्पेसियस इन्टिरियर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एबीएस र डुअल एयरब्याग्सजस्ता फिचर्स समावेश गरिएको छ । – एन्जेन्सी