नयाँदिल्ली । हुन्डई कम्पनीको बहुप्रतिक्षित इलेक्ट्रिक कार कोनाका पर्खाइ अब सकिएको छ । 

यो कम्पनीले इलेक्ट्रिक एसयूभी कार मंगलबार भारतमा लन्च गरेको छ । कम्पनीले यसको प्रारम्भिक मूल्य भारु २५.३० लाख तोकेको छ । 

कोना सतप्रशित इलेक्ट्रिक कार हो । कम्पनीले हाल विश्वजारमा यो कार दुईवटा भर्सन ३९.२ केडब्लूएच र ६४ केडब्लूएच ब्याट्री प्याक भएको ल्याएको छ । तर भारतीय बजारमा यसको एउटै भर्सन ३९.२ केडब्लूएच ब्याट्रक प्याक भएको कार लन्च गरिएको छ । 

यो एसयूभी कार एकपटक फुल चार्ज गर्दा ४५२ किलोमिटरसम्मको यात्रा तय गर्न सक्छ । कोनामा फास्ट चार्जिङ प्रविधि राखिएको छ । यसले गर्दा यो कम समयमा नै फुल चार्ज गर्न सकिन्छ । 

कम्पनीका अनुसार कोना इलेक्ट्रिक कारलाई मोबाइलजस्तै तीव्रगतिमा चार्ज गर्न सकिन्छ । कारलाई नर्मल मोडमा एसी लेबल चार्जरले फुल चार्ज गर्न ६ घन्टा १० मिनेट लाग्छ । जब कि डीसी फास्ट चार्जरले इलेक्ट्रिक एसयूबी केबल ५७ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ । 

कोनाको निर्माण चेन्नाई प्लान्टमा गरिनेछ । एसयूबी कोनामा इलेक्ट्रिक सनरुफ, १०–वे पावर अजस्टबेल ड्राइभर सिट, फ्रन्ट भेन्टिलेटेड र हिटेड सिट्स, वायरलेख फोन चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्लेका साथै ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र स्टियरिङ माउन्टेड कन्ट्रोल्सजस्ता फिचर्स रहेका छन् ।

कम्पनीले यो कारको सुरक्षामा पनि ध्यान दिएको छ । सेफेटीका लागि कम्पनीले यो कारमा दमदार सेफ्टी फिचर्सका साथै बजारमा लन्च गरेको छ । कारमा ६ एअरब्याग्स, ईबीडीका साथै एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल असिस्ट, गाइडलाइन्सका साथै रियर क्यामेर र टायर प्रेसर मोनिटरिङ सिस्टम पनि समावेश गरिएको छ । 

हाललाई कोनाको बिक्री भारतका ११ हजारमा कुल १५ लिडरसिपलाई दिइएको छ । कारमा ३ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी र ब्याट्रमा ८ वर्ष/१ लाख ६० हजार किलोमिटरको वारेन्टी दिइएको छ । 

यो कारमा १३१ बीएचपीको पावर रहेको छ भने यसले ३९५ एनएम पिक टार्क जनरेट गर्न सक्छ । यो कारले केबल ९.७ सेकेन्डमा ० देखि १०० प्रतिघन्टाको गति लिन सक्छ । –एजेन्सी