काठमाण्डौ । हुन्डई मोटर इन्डियाले हुन्डई आई ट्वान्टी याक्टिभ नयाँ अवतारमा भारतमा सार्वजनिक गरेको छ ।

नयाँ अवतारको यो कारको मूल्य भारु ७.७४ लाख रुपैयाँ तोकिएको छ । यो कार तीनवटा वरियन्ट्स एस, एसएक्स र एसएक्स ड्युल टोनमा उपलब्ध गराइएको छ ।

कार पेट्रोल र डिजेल इन्जिन अप्सनमा पाइनेछ । पुरानो आई ट्वान्टी याक्टिभको तुलनामा यो नयाँ मोडलको कार भारु २ हजारले महँगो छ।

यो नयाँ मोडलको कारमा पार्किङ सेन्सर, रिभर्स क्यामेरा, स्पिट अलर्ट सिस्टम, ड्राइभर र पेसेन्जर सिट बेल्ट रिमाइन्डरजस्ता फिचर दिइएको छ । नयाँ सेफ्टी नम्र्सको हिसाबले यी सबै फिचर्स अब स्ट्यान्डर्ड किटमा आउने छ ।

नयाँ कारको डिजाइन पुरानो मोडलकै जस्तो छ । कारको फ्रन्टमा प्रोजेक्टर लेन्स हेडल्याप्सका साथै एलईडी डीआरएलएस, कर्नरिङ ल्याप्स, फग ल्याम्प्स, एलईडी टेललाइट, सर्क फिन एन्टिना, रग्ड प्लास्टिक बडी रहेका छन् । कारको रुफ टेल्सका साथै फक्स स्किड प्लेट पनि दिइएको छ ।

कारको इन्टिरियर पनि पुरानो मोडलकै जस्तो छ तर कारमा एअर वेन्टमा फन्की फिनिसिङ दिइएको छ । टप वेरियन्टमा ७ इन्चको टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । यसका साथै एप्पल कार प्ले, एन्ड्रोयड अटो, पुस बटन स्टार्ट, किलेस एन्ट्री, अटो क्लाइमेट कन्ट्रोल, रियर एसी वेन्ट, वायरलेस चार्जिङजस्ता फिचर्स रहेका छन् ।

यो कार १.२ लिटर पेट्रोल मोटर पावरमा पाइनेछ । जसले ८२बीएचपी पाव र ११५एनएम पिक टार्क जनरेट गर्ने क्षमता छ । यसका साथै यो कार १.४ डिजल इन्जिनमा पनि पाइनेछ । यो इन्जिन २२०एनएम टार्क जनरेट गर्न सक्छ ।

कारमा ६ स्पिड म्यानुअल ट्रान्समिसन दिइएको छ ।

यो अपडेटेड मोडलपछि कम्पनीले अर्को वर्ष अटो एक्स्पोमा यो कारको न्यु जनरेसन मोडल लन्च गर्ने तयारी पनि गरिरहेको छ । –एजेन्सी