काठमाण्डौ । हुन्डई इन्डियाले यो वर्ष आफ्ना नयाँ कार आई२० लन्च गर्दैछ। कम्पनीको यो ह्याचब्याक कार निकै लोकप्रिय छ ।

नयाँ आई२० थुप्रैपटक टेस्टिङका क्रममा देखिइएको छ । यसको तस्बिरले पनि कारका विषयमा थुप्रै डिजेट अगाडि आएका छन् । जसमा सबैभन्दा खास कुरा सनरुफ । लिक भउको लेटेस्ट तस्बिरमा नयाँ जेनरेसन आई२० मा सनरुफ हुने स्पष्ट रहेको छ । यो कम्पनीको पहिलो कार हुनेछ जसमा यस्तो फिचर उपलब्ध हुनेछ ।

नयाँ आई२० मा प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएल, रेन सेन्सिङ वाइपर्स, अटो हेडल्याम्प, टर्न इन्डिकेटर्सका साथै इलेक्ट्रिक अजस्टेबल आउट साइड रियर भ्यू मिरर्स, नयाँ ग्रिल, ठूलो टायरका साथै नयाँ आयल ह्विल्ज र एलईडी टेललाइटजस्ता फिचर्स हुनेछन् ।

नयाँ आई२० मा क्याबिनको स्पेस धेरै हुनेछ । यसका साथै यो प्रिमियम कारमा नयाँ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल इन्ट्रमेन्ट कन्सोल, क्रुज कन्ट्रोल, वायरलेस फोन चार्जर र स्टियरिङ माउन्टेड कन्ट्रोल्सजस्ता फिचर्स पनि हुनेछन् ।

नयाँ हुन्डई आई२० मा बीएस६ पेट्रोल र डिजेल इन्जिनि हुनेछ । यसका साथै कारमा भेन्यू एसयूभी १.० लिटर टर्बो पेट्रोल इन्जिन पनि दिइएको छ । यद्यपि कम्पनी यसपटक यसबारेमा कुनै जानकारी पनि सार्वजनिक गरिसकेको छैन ।

नयाँ आई२० हुन्डईका अघिल्ला मोडलभन्दा धेरै फरक भने देखिँदैन । यो मौजुदा मोडलको तुलनामा धेरै स्पोर्टी हुनेछ । कारको एक्टिरियर र इन्टिरियरमा केही ठूला परिवर्तन हुने अनुमान गरिएको छ ।

नयाँ आई२० अटो एक्स्पो २०२० मा पेस गर्ने कम्पनीले तयारी गरिरहेको छ । – एजेन्सी