काठमाण्डौ । कोरियन कार निर्माता कम्पनी हुन्डाई मोटर्सले फ्युल सेल (हाइड्रोजन) इलेक्ट्रिक कार ‘नेक्सो’ ल्याउने तयारी गरिरहेको छ ।

हुन्डईको यो एसयूभी कारमा हाइड्रोजन फ्युल सेलबाट एकपटकमा एक हजार किलोमिटरसम्मको दूरी तय गर्न सकिन्छ ।

यो कारलाई रिफ्युुल गर्न जम्मा पाँच मिनेटमात्रै लाग्ने कम्पनीले जनाएको छ । यसको मतलब एक पटक हजार किलोमिटर चलाइसकेपछि दोस्रो पटक ५ मिनेटमा रिफ्युल गरेर फेरि हजार किलोमिटरसम्म कार चलाउन सकिन्छ । 

वर्तमान समयमा उपलब्ध रहेका सबैजसो इलेक्ट्रिक कारलाई फास्ट चार्जरबाट फुुल चार्ज गर्न कम्तीमा एक घन्टा समय लाग्ने गर्दछ । यसैगरी सामान्य चार्जरबाट चार्जिङ गर्दा ५ देखि ८ घन्टासम्म लाग्ने गर्दछ ।

कम्पनीले यो एसयूभी कारलाई गएको वर्ष भारतको नयाँदिल्लीमा भएको ‘इन्डिया–कोरिया समिट’ मा प्रस्तुत गरेको थियो । कम्पनीको दावाअनुसार यो कारले वातावरण प्रदूषण गर्ने कार्बन उत्सर्जन गर्ने छैन र यदि एउटा धावकलाई यो कारबाट उत्सर्जित हुने ग्यासबाट भरिएको बेलुनमा दौडाउँदा धावकलाई कुनै समस्या आउने छैन ।

कम्पनीले यो कार सन् २०२१ मा लन्च गर्न सक्ने संकेत गरेको छ । नेक्सो इलेक्ट्रिक कार १६३ पीएसको पावर र ३९५ एनमएमको टार्क जेनेरेट गर्नेछ। यसैगरी यसले ० देखि १०० किलोमिटरको रफ्तार जम्मा ९.२ सेकेन्डमा पक्रन सक्नेछ । यसको फ्युल ट्यांकको क्षमता १५६.६ लिटरको हुनेछ । यसमा जम्मा तीनवटा हाइड्रोजन ट्यांकी हुनेछन् र प्रत्येकको ट्यांकीको क्षमता ५२.२ लिटर हुनेछ । –एजेन्सी