काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाई मोटरले आफ्नो चर्चित ह्याचब्याक सान्ट्रो करको एनिभर्सरी एडिसन भारतमा लन्च गरेको छ।

कम्पनीले गएको वर्ष आफ्नो सान्ट्रो मोडललाई नयाँ अवतारमा बजारमा उतारेको थियो । अहिले लन्च भएको सान्ट्रोको एनिर्वसरी एडिसनको म्यानुयल कारको मूल्य भारतीय बजारमा भारु ५.१७ लाख तथा एएमटी कारको भारु ५.७५ लाख तोकिएको छ । कम्पनीले यी कारलाई स्पोर्ट तथा स्पोर्ट एएमटी मोडलमा उतारेको छ ।

यो नयाँ मोडलमा ग्राहकहरुले थुप्रै बदलाव देख्न सक्नेछन् । यसको रुफ रेल्स, ओएमभीआरएस तथा डोर ह्यानडलमा बिल्याक एक्सेन्ट देख्न सकिनेछ । त्यस्तै ह्विल कभर्स डार्क ग्रे फिनिस्ड रुपमा उपलब्ध हुनेछ ।

यो नयाँ मोेडलमा ढोकामा क्लेडिङ बुटको बेसमा एउटा क्रोम स्ट्रिप र एनिभर्सरी एडिसनको ब्याच पनि दिइएको छ । हुन्डाई सान्ट्रोको स्पेसल एडिसन पोलर ह्वाइट र एक्वा टिल कलर अप्सनमा उपलब्ध हुनेछन् ।

कारमा १.१ लिटरको चारवटा पेट्रोल सिलिंडर इन्जिन रहेका छन् । जसले ६८ एचपी पावर दिन्छ र ९९ एनएम पिक टार्क जेनेरेट गर्छ । गियर बक्सको कुरा गर्दा यसमा ५ स्पिड म्यानुयल र ५ स्पिड एएमटी गियरबक्स अप्सन रहेको छ ।

यो कारको प्रतिस्पर्धा भारतीय बजार टाटा टियागो, मारुती सुजुकी बैगन आर र मारुती सुजुकी सेलेरियोसँग हुने देखिन्छ । –एजेन्सी