काठमाण्डौ। हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राहकमाझ ‘यसपालिको दसैँतिहार, वेलकम टु हुन्डाई परिवार’ योजना ल्याएको छ। 

यो योजनाको अवधि यही असोज ५ देखि मंसिर ५ सम्म लागू हुनेछ। यो योजना दसैँ, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको हो।

यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप रु. १ लाखसम्मको नगद छुट पाउन सक्नेछन्। त्यसैगरी बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत हुन्डाई Aura १ थान र हुन्डाई Grand i10 NIOS १ थान जित्न सक्नेछन्। त्यसका साथै ग्राहकले १ वर्ष निःशुल्क बीमा पनि पाउनेछन्। 

लक्ष्मी इन्टरकन्टिनेन्टलले यस कठिन समयमा स्वास्थ्यकर्मीको समर्पण र अथक सेवालाई ध्यानमा राखी उनीहरुलाई सम्मानस्वरुप ‘विशेष प्याकेज’ दिने निर्णय पनि गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। 

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ। 

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्री सर्भिसिङ र १ वर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुन्छन्।