काठमाण्डौ । विश्वव्यापी स्मार्टफोनको बजारमा हुवाईले दोस्रो स्थान लिएको छ। आइडीसी, एसए, क्यानलिस तथा काउन्टर पोइन्टले  हालै सार्वजनिक गरेको विश्वव्यापी चौमासिक बजार अनुगमन प्रतिवेदनमा हुवाई दोस्रो स्थानमा छ।

उच्च स्तर, सर्वोत्कृष्ट प्रविधि तथा आकर्षक डिजाइनहरूका कारण हुवाईले विश्वव्यापी ग्राहकहरूमाझ लोकप्रियता तथा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

अनुसन्धान तथा विकासमा निरन्तर तथा व्यापक लगानी नै हुवाईको सफलताको कारण रहेको कम्पनीको भनाई छ । 

हुवाईले वार्षिक रुपमा १० प्रतिशतभन्दा धेरै कमाई अनुसन्धान तथा विकासमा लगानी गर्दछ। प्राविधिक कम्पनीहरूमा अनुसन्धान तथा विकासमा हुने लगानीका आधारमा हुवाई सन् २०१७ मा ६ औं स्थानमा परेको थियो। 

सन् २०१७ को हुवाईको वार्षिक प्रतिवेदनकाआधारमा अनुसन्धान तथा विकासमा हुवाईका ४५ प्रतिशत अर्थात् करिब ८० हजार कर्मचारीहरू संलग्न थिए।

हुवाई कम्पनीले विश्वमा विभिन्न स्थानमा विज्ञताका लागि केन्द्रहरू खोलेको छ‚ जस्तै कि–मस्कोमा एलगरिदम केन्द्र, सानफ्रान्सिस तथा लण्डनमा यूएक्स डिजाइन केन्द्र, प्यारिसमा एस्थेटिक केन्द्र र जर्मनीमाफाइभ–जीविकास केन्द्र रहेको छ। अनुसन्धान तथा विकासका लागि विश्वकै सबैभन्दा प्रतिभावान् व्यक्तिहरूलाई नियुक्त गरिन्छ।

सर्वोत्कृष्ट प्रविधि तथा प्रदर्शन क्षमता प्रदान गर्नका लागि तथा स्मार्टफोन उद्योगमा अतुलनीय स्तर कायम गराउन हुवाईले विश्वका उत्कृष्ट कम्पनीहरूसँग दीर्घकालीन साझेदारी गरेको छ।

स्मार्टफोनमा सर्वोत्कृष्ट क्यामरा विकास गर्न हुवाईले सन् २०१६ देखि अप्टिकल तथा इमेज प्रविधिमा लाइकासँग सहकार्य गर्दै आएको छ। 

सन् २०१८ को पहिलो ६ महिनाको अवधिमाहुवाईको पी–२० प्रो स्मार्टफोनमा जडित विश्वकै पहिलो ट्रिपल क्यामराले इमेज क्वालिटीसम्बन्धी विश्वकै सबैभन्दा भरपर्दो कम्पनी डीएक्सओमार्कले  गरेको समीक्षामा सबैभन्दा धेरै अंक पाएको थियो। साथै हुवाईले म्याट सीरिज डिजाइन संस्करणका लागि लक्जरी ब्रान्ड पोर्ससँग साझेदारी गरेको जसले अल्ट्रा हाईइन्ड मार्केटमा राम्रो प्रतिक्रिया लिन सघाउनेछ।  

क्यारिअर तथा इन्टरप्राइज बिजनेशमा मुख्य गरी केन्द्रित हुने गरी हुवाई नेपालमा पहिलो पटक १९ वर्षअघि प्रवेश गरेको हो। छोटो अवधिमै यो फोनको सबैभन्दा धेरै बिक्री हुने दोश्रो फोन हो । आगामी २ वर्षभित्र यो कम्पनीले नेपालमा समेत पहिलो बन्ने लक्ष्य लिएको छ । 

ह्वाईले हाल सीटीसी मलमा सर्भिस सेन्टर संचालनमा ल्याएको छ भने काठमाण्डौ उपत्यकाबाहिर पनि सर्भिस सेन्टरहरू संचालनमा ल्याउने योजना रहेको छ ।

सन् २०१७ मा नोभासिरिज सार्वजनिक गरेदेखि हामीले उचाइँको नयाँउपलब्धिप्राप्त गर्न सफलभएका छौँ। फोर क्यामरा तथाफुलभ्यू डिस्प्लेले पक्कै पनि स्मार्टफोनको दुनियाँमानयाँ कोसेढुङ्गा काय गर्न सफलभएको छ। नोभाथ्रीतथा नोभाथ्रीआई विश्वकै पहिलो २४ एमपीफोर एआई क्यामरा भएको पनि स्मरण गराउन चाहन्छु।