हेटौडा । महिन्द्रा ग्रुपअन्तर्गतको महिन्द्रा टु ह्विलर्सका आधिकारिक बितरक अग्नि ग्रुपअन्तर्गत अग्नि मोटो इन्कले बहुप्रतिक्षित मोजो बाइक हालै हेटौडामा आफ्नो आधिकारिक बिक्रेता भिजन मोटर्समाफर्त बिक्री प्रारम्भ गरेको छ ।

महिन्द्राको मोजोले अब हेटौडामा पनि आफ्नो उच्च क्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ । 

साहसिक, मजेदार प्रिडेटोर स्टाइलिङ्ग सहितका मस्कुलिन डिएनए भएको महिन्द्रा मोजोमा लिक्यिड कुल ३०० सिसि इञ्जिन रहेको छ । 

इएफआई सिलिन्डर इञ्जिनजसले २७ बिएचपीको उच्चतम क्षमता तथा ३० एनएमको टर्ग क्षमता प्रस्तुत गर्दछ । मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब पे्रmम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । अन्तर्राष्ट्रिय साझेदारीका साथ निर्माण गरिएको यो बाइकले बाइकपारखीहरुलाई उच्चतम अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।