काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले असार २९ गते सोमबार दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि, हेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप रु ५ लाख प्रदान गरेको छ । 

सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दिक्षा सिंहलाई हस्तान्तरण गरेकी बैंकले जनाएको छ । 

बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भिमेश्वरस्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि उपयोग गर्नेछ ।