काठमाण्डौ । होण्डा मोटरसाइकलले यस्तो एउटा बाइक बनाएको छ, जुन चलाउँदा कारजस्तै अडिन्छ र बिना स्टेण्ड पनि अडाउन सकिन्छ । हजुर, यो बाइक सेल्फ ब्यालेन्सिङ मोडमा चल्नसक्छ । साथै, यसलाई अड्याउनका लागि कुनै स्टेण्डको आवश्यकता पर्दैन । होण्डाको यो सेल्फ ब्यालेन्सिङ बाइकको नाम ‘राइडिङ असिस्ट’ राखिएको छ । 

कस्तो छ क्षमता ?
यो बाइक मानिसको सहयोगबिना पनि उभिन र अडिनसक्छ । स्लो स्पीडमा बिना गियरस्कोप्स पनि यसले आफूलाई सन्तुलनमा राख्न सक्छ । 

किन यस्तो ?
यो बाइकमा कम्पनीले रोबोटिक्स टेक्नोलोजीको प्रयोग गरेको छ । कम्पनीको रोबोटिक सिस्टम फ्रन्ट सन्पेन्सको फोर्क एंगललाई बढाएर फ्रन्ट फोक्र्सको ह्याण्डलबार्सले डिसकनेक्ट गरिदिन्छ । यसपछि बाइकलाई सन्तुलनमा राख्नका लागि सिस्टम मिनट स्टीयरिङ इनपुटको प्रयोग गरिदिन्छ । यस्तो काम कुनै हेभी गियरस्कोप्स वा अन्य मास सिफ्टीङ डिभाइसेजबिना नै संभव हुन्छ । 

के गर्छ गियर स्कोप्सले ?
अधिकांश सेल्फ ब्यालेन्स टेक्नोलोजीमा गियरस्कोप्सको प्रयोग हुने गर्छ । यसका कारण बाइकको वजन निकै नै धेरै हुनजान्छ । यसबाट बाइकको मुुभमेन्टमा असर पर्छ । 

कति दिन्छ स्पीड ?
यो बाइक प्रतिघण्टा तीन माइलको गतिमा दौडन सक्छ । एड्भान्स सिस्टमकै कारण यति तीव्र गतिमा समेत राइडरले यसलाई नियन्त्रण गर्नसक्छ ।