काठमाण्डौ । होन्डा कार इन्डिया आफ्नो ‘ज्याज’ कार बीएस सिक्स भेरियन्टमा छिटै भारतीय बजारमा लन्च गर्ने तयारीमा जुटेको छ।

कम्पनीले यो कारम छिटै लन्च हुने आफ्नो सोसल मिडियामार्फत जानकारी गराएको हो। कम्पनीले आफ्नो ट्विटर ह्यान्डलमा होन्डा ज्याजको टिजर सार्वजनिक गरेको छ। 

त्यसो त कम्पनीले होन्डा ज्याजको लन्चिङको अफिसियल मिति अहिलेसम्म घोषणा गरिसकेको छैन। किनकि भारतमा मे ३ सम्म लकडाउन गरिएको छ। 

भारतमा गत अप्रिल १ गतेदेखि केवल बीएस सिक्स स्ट्याडर्ड गाडीहरुमात्र बिक्री भइरहेको छ। 

होन्डाको यो कार बीएस फोरको तुलनामा इन्टिरियर लुकमा निकै परिवर्तन देख्न पाइनेछ। 

नयाँ ज्याजक बीएस सिक्स कम्प्लायन्ट पेट्रोल र डिजेल इन्जिन पेट्रोल मोडलमा पेस गरिनेछ। यो कारमा १.२ लिटर इन्जिन हुनेछ। जुन ९० बीएचपी पावर र ११०एनएम पिक टार्क जेनरेट गर्न सक्छ। 

यसैगरी बीएस सिक्स डिजल भेरियन्टमा १.५ लिटर इन्जिन हुनेछ। यो इन्जिनको १०० बीएचपी पावर र २०० एनएम टार्क जेनरेट गर्ने क्षमताको हुनेछ। 

दुवै इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स हुनेछ। पेट्रोलन इन्जिका साथ सीभीटी अटोमेडिक ट्रान्समिसन पनि उपलब्ध हुनेछ। 

नयाँ ज्याज कारमा सेफ्टीका लागि एयरब्याग फ्रन्ट सिटमा हुनेछ। 

यो कारको मूल्यका बारेमा अफिसियल जानकारी दिइएको छैन। यस यो कार बीएस फोरको तुलनामा केही महँगो हुने अनुमान लगाइएको छ। बीएस ४ भेरियन्ट कारको मूल्य भारु ७.४५ लाखदेखि भारु ९.४ लाखको आसपास रहेको छ। – एजेन्सी