काठमाण्डौ । होन्डा कम्पनीले आफ्नो प्रिमियम ह्याचब्याक कार ‘ज्याज’ को नेक्स्ट जेनरेसन मोडल ल्याउन लागेको छ ।

होन्डा ज्याजलाई केही देशमा होन्डा फिट नामले पनि बेचिन्छ । होन्डाको ज्याज कार यही अक्टोबर २४ तारिखमा हुने टोकियो मोटर शो २०१९ मा पेस गरिने तयारी गरिएको छ । यद्यपि मोटर शो हुनुअगावै होन्डा ज्याजको नयाँ लुक्ससहितको तस्बिर लिक भएको छ।

लिक भएको तस्बिरअनुसार होन्डा ज्याज कारको लुकमा निकै बदलाल भएको अनुमान गर्न सकिन्छ । लिक भएको तस्बिरअनुसार नयाँ ज्याज कार इलेक्ट्रिक हाइब्रिड भर्जन रहेको भन्न सकिन्छ । कारको पेट्रोल र डिजल भर्जन भने थोरै अलग स्टाइलको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

नयाँ जेनरेसन होन्डा ज्याज कार मौजुदा मोडलको तुलनामा कम अग्रेसिभ देखिन्छ । कारमा एलईडी प्रोजेक्टर हेडल्याम्प र एलईडी डीआरएल दिइएको छ ।

नयाँ ज्याज कारको फ्रन्टमा म्याट ब्ल्याक एलिमेन्ट्सका साथै स्लिक ग्रिल र ग्रिलको ठीक माथि बडी–कलर प्यानल दिइएको छ । जसमा होन्डाको लोगो पनि अंकित छ ।

कारमा एअरड्यामका साथ नयाँ बम्पर पनि छ । यसका साथै यसमा बेसिक डिजाइन अहिले पनि पहिलेजस्तै छ ।

नयाँ ज्याज कारको इन्जिनको डिटेल र अन्य टेक्निकल स्पेसिफिकेसनबारे जानकारी बाहिर आएको छैन । जब कि बजारमा यो कार बीएस६ १.५ लिटर पेट्रोल इन्जिनमा ल्याउने अनुमान गरिएको छ । यसका साथै हाइब्रिड इन्जिन अप्सनमा पनि आउन सक्ने अनुमान गरिएको छ । डिजेल इन्जिनमा यो कार आउनेबारे भने यकिन भइसकेको छैन । – एजेन्सी