काठमाण्डौ । हिउँदयाम सुरु नहुँदै नेपालमा घर निर्माणको लहर चल्छ । घर निर्माणको उपयुक्त समय पनि यसैलाई मानिन्छ । घर तथा जमीनको बढ्दो मूल्यका कारण पछिल्लो समय अधिकांश उपभोक्ताले घर वा जमीन खरीद गर्न बैंकबाट ऋण लिनुु परिरहेको छ । यसका लागि बैंक तथा बित्तीय संस्थाहरुले ग्राहकहरुको आवश्यकता, अवस्था तथा प्रोफाइलका आधारमा विभिन्न खालका ऋणहरुको स्कीम ल्याएका छन् । यसर्थ, तपाईले आफ्नो आवश्यकता, आफ्नो आर्थिक अवस्था लगायतका बिषयलाई ख्याल गरी आफ्ना लागि उपयुक्त लोन छनौट गर्नुपर्ने हुन्छ । आउनुहोस्, बैंक तथा बित्तीय संस्थाहरुबाट उपलब्ध केही होमलोनको बिषयमा जान्ने कोशिश गरौं:

पहिलाबाटै स्वीकृत होमलोन
केही होमलोन बैंकहरुबाट पहिला नै स्वीकृत भइसकेका हुन्छन् । यस्तो लोन तपाईको ऋण तिरेको इतिहास, तपाईको आम्दानी तथा तपाईको क्रेडिट स्कोरको आधारमा दिइन्छ । यो लोन लिंदा ग्राहकले कम दुःख पाउँछन् । यो लोनको प्रोसेस गर्न आम रुपमा ४८ घण्टा समय नै काफी हुन्छ । पहिलेबाट स्वीकृत यस्ता लोनको मद्धतले तपाईले आफ्नो आवश्यकताको घर तथा जमीन सजिलै खरीद गर्न सक्नुुहुन्छ । तर, यस्तो लोन एक निर्धारित समयमा मात्र दिइन्छ र त्यही समयभित्र मात्र यो लोन लिन सकिन्छ । यस्तो लोन आम रुपमा केही कम ब्याजमा प्राप्त हुन्छ । यसको लाभ उठाउनका लागि केही सेवा शुल्क भने तिर्नुपर्ने हुन्छ । 

निश्चित ब्याजदरको होमलोन
यस्तो होमलोन अन्तगरत ऋण चुक्ता गरिसक्नुुपर्ने अवधिभरको ब्याजदर एउटै हुन्छ । यस्तो होमलोन एनआइसी एशियाले सुरुवातको प्रयास गरेको छ । तर, उसले पूरा अवधिभन्दा पनि केही वर्षसम्म भने ब्याजदर एउटै हुने अफर सार्वजनिक गरेको छ । यस्तो लोनमा बजारमा हुने उतारचढावको कुनै असर पर्दैन । प्रत्येक महिना निश्चित परिमाणमा लोनको इएमआई(मासिक किस्ता) चुकाउँदा आफ्नो बजेट ठीक राख्न तथा आगामी योजना बनाउन काफी सहयोगी हुन्छ । यस्तो खालको लोनबाट आर्थिक सुरक्षा पनि प्राप्त हुन्छ । किनभने यसमा बजारमा हुने उतारचढावको कुनै असर नै पर्दैन । तर, यसमा एउटा खराबी चाहि हुन्छ, निश्चित ब्याजदरमा मिल्ने होमलोनको ब्याजदर अनिश्चित वा अस्थायी ब्याजदरवाला होम लोनको तुलनामा आम रुपमा निकै धेरै हुन्छ । 

अस्थायी ब्याजदरवाला होमलोन
अस्थायी ब्याजदरवाला होमलोन बजारमा हुने उतारचढावको अधीनमा ब्याजदर निर्धारण हुने प्रकृतिको ऋण हो । अस्थायी ब्याजदरमा दुुईवटा कुरा सामेल हुन्छ, मूल ब्याजदर तथा अस्थायी दर, मूल दरमा परिवर्तन भएपछि अस्थायी दरमा समेत परिवर्तन हुन्छ । यदि तपाई बढ्दो मुद्रास्फितिको अवस्थामा होम लोन लिन चाहनुुहुन्छ भने अस्थायी ब्याजदरवाला होम लोनबाट टाढै बस्नुु राम्रो हुन्छ । तपाईको बित्तीय योजनामा परिवर्तनशील ब्याजदरको निकै ठूलो असर पर्छ । किनभने ब्याजदरको अनिश्चितता तपाईको अन्य आर्थिक जिम्मेवारी पूरा गर्न बाधक बनिदिन सक्छ।  

संयुक्त होमलोन
संयुक्त होमलोन यस्तो होमलोन हो, जुन एकै समय एकभन्दा बढी व्यक्तिद्वारा सामूहिक रुपमा लिन सकिन्छ । यो लोन परिवारको कुनै सदस्यसँग मिलेर समेत लिन सकिन्छ, जसमा तपाईकी पत्नी, आमाबुुबा र भाईबहिनीहरु समेत सामेल हुनसक्छन् । यस्तो लोनको भुक्तानी दुवैको अकाउण्टबाट हुन्छ । र, ऋण समयमा नबुुझाउँदा वा ढिलो हुँदा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी समेत दुवैले लिनुपर्ने हुन्छ । संयुक्त होमलोन दिने समयमा बैंकले दुवै व्यक्तिको आम्दानीतर्फ ध्यान दिन्छ । यो लोनमार्फत दिइने ऋण एक व्यक्तिलाई दिनेभन्दा निकै अधिक हुन्छ । संयुक्त होमलोनको कर छुट लगायतका सुविधा समेत दुवै व्यक्तिले पाउनेछन् । 

होम इम्प्रूूभमेन्ट लोन
यदि तपाईको घरको मर्मत वा पुननिर्माण गर्नुपर्नेछ भने त्यसका लागि तपाई यो होमलोन लिन सक्नुुहुन्छ । एक वर्षसम्म ऋण तिर्नसक्ने कुनै पनि व्यक्तिले यस्तो लोन लिनसक्छ । तर, यो लोनबापत प्राप्त हुने रकम घरको मर्मत वा पुननिर्माणमा मात्रै खर्च गर्न पाइन्छ । पर्सनल लोनको तुलनामा कम प्रोसेसिङ फिस तथा कम ब्याजदरमा मिल्ने भएकाले होम इम्प्रूूभमेन्ट लोन घरको मर्मत तथा सुधारका लागि आवश्यक पैसाको आवश्यकता पूरा गर्न निकै सहयोगी हुन्छ ।  

प्रविधिमा भएको विकाससँगै होम लोन समेत निकै छिटो र सहज तरिकाले पाउन समेत सकिन्छ । तर, कसैले पनि होमलोन लिनुुअघि आफ्नो आवश्यकताको पहिचान गरी राम्रोसँग सोचविचार गरेर सही लोन प्याकेज छनौट गर्नुपर्छ ।