काठमाण्डौ । ह्युन्डई कम्पनीले अहिलेसम्मकै पावरफुल आई ट्वान्टी (आई२०) कार ल्याउने तयारीमा रहेको छ।

ह्युन्डई आई२० एन नाममा आउने लागेको यो कार पहिलो परफर्मेन्स ओरिएन्टेड आई२० कार हुनेछ। यसको पावरफूल प्रिमियम ह्याचब्याकको टेस्टिङ अन्तिम चरणमा पुगेको छ। 

यो कारको वल्र्ड डेब्यू अबको केही महिनामै हुने अनुमान गरिएको छ। 

यो कारमा २०४एचपी पावर भएको १.६लिटर टर्बो पेट्रोल इन्जिन हुनेछ। जसले यो कारलाई अहिलेसम्मकै पावरफुल आई२० बनाउनेछ। यो इन्जिन ह्युन्डईका केही अन्य कारमा पहिले नै उपलब्ध रहेको छ। 

यो पावरफुल इन्जिन ७ स्पिड डीसीटी गियरबक्सबाट सुसज्जित हुनेछ। यसमा म्यानुअल र स्पोर्ट मोड पनि समावेश हुनेछ। 

आई२० एन कारमा ६ स्पिड म्यानुअल गियरबक्स पनि दिइनेछ। जब कि टार्क फिगर २६० एनएमको आसपास रहने अनुमान गरिएको छ। 

यो कारको टिचर केही महिनाअघि सार्वजनिक गरिएको थियो। यसको ओभरअल लुक निकै हदसम्म हालै पेस गरिएको नयाँ आई२० कारजस्तै हुनेछ। तापनि स्ट्यान्डर्ड आई२० कारको तुलनामा आई२० एन कारको डिजाइन र स्टाइलिङको परफर्मेन्समा परिवर्तन देख्न सकिनेछ। यसमा अपडेटेड ग्रिल र बम्परका साथै अलग स्टाइको फ्रन्ट लुक समावेश छन्। 

स्ट्यान्डर्ड आई२० भन्दा भिन्न पावरफुल यो कारमा ठूलो आयल ह्विल्ज र चौडा टायर हुनेछन्। सस्पेन्सन ट्युनिङ पनि फरक हुनेछ। 

यो कारको परफर्मेन्सलाई राम्रो बनाउन यसमा अपरेटेड ब्रेक पाइनेछ र स्टियरिङ रेश्यो पनि परिवर्तन हुनेछ। यसका साथै यो पावरफुल कार साइड स्कर्ट्स, नयाँ रियर बम्पर, राइड साइडमा डबल ब्यारल एग्जस्ट र फ्याक्ट्री फिटेड स्पाइलरका साथ आउनेछ। 

यो कारमाथि पर्दा केही महिनाभित्रै उठ्ने अनुमान गरिएको छ। यो कारको टक्कर भारतीय बजारमा मारुती बलेनो, टाटा अल्ट्राज, होन्डा ज्याज र टोयोटा ग्ल्यान्जा कारसँग हुने अनुमान गर्न थालिएको छ। – एजेन्सी