काठमाण्डौ । यसपालिको दशैंमा ह्वावे नेपालले आफ्नो ग्राहकहरुका लागि लिएर ‘आएको छ खुशीको बहार !’ अन्तर्गत कुनै पनि ह्वावे फोनको खरिद गरी एउटा सहज प्रतियोगितामा सहभागी भएर ह्वावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात/५ दिन) वा थाइल्यान्ड भ्रमण (४ रात/५ दिन) जित्ने मौका प्राप्त गर्न सक्नुहुनेछ ।

यस प्रतियोगितामा सहभागी हुनका लागि सर्वप्रथम त ह्वावेको प्रयोगकर्ता हुनेपर्नेछ । ह्वावे फोन किनेपछि आफ्नो मान्य आईएमईआई नम्बर राखेर यही भाद्र २९ गतेदेखि असोज १७ गतेभित्र फेसबुकमा एउटा फर्म भरेको हुनुपर्नेछ । सहभागीले सहभागिताका लागि भरेको फर्मको हरेक जानकारी सही हुनुपर्नेछ र लक्की ड्रद्वारा विजेताको घोषणा गर्ने बेला र पुरस्कार प्रदान गर्ने बेला सोही जानकारीलाई आधार मानिनेछ । 

यस प्रतियोगिताका लागि दर्ता गरिसकेपछि उपहारको घोषणाबारे थाहा पाउनका लागि ह्वावेको फेसबुक र इन्स्टाग्राम पेज फलो गर्नुपर्नेछ । आफ्नो साथी र परिवारजनलाई पनि यस दशैंमा उपहार जित्न मौका प्रदान गर्न आफ्नो पोस्टलाई लाइक, कमेन्ट र शेयर गर्न सक्नुहुनेछ । सहभागी हुनको लागि http://tiny.cc/6hkvcz लिङ्क फलो गर्नुहोस् ।