काठमाण्डौ । विश्वको अग्रणी स्मार्टफोन उत्पादक र नेपालको सबैभन्दा मनपराइएको स्मार्टफोन ब्राण्ड, ह्वावेले आफ्नो वाई सिरिजको बिल्कुलै नयाँ परिमार्जित मोबाइलहरु बजारमा ल्याएको घोषणा नेपालमा एउटा मिडिया इभेन्टमार्फत गरेको छ । 

ह्वावे वाई नाइन २०१८मा ईन्टेलिजेन्ट फोर क्यामेरा र फुलभ्यु डिस्प्ले छ भने वाई सेभेन प्रोमा ईन्टेलिजेन्ट डुअल क्यामरा र फुलभ्यु डिस्प्ले छ ।

होटेल हिमालयमा भएको उक्त मिडिया इभेन्टमा ह्वावेको प्रतिनिधि र उनीहरुको राष्ट्रिय वितरक कल मोबिलिटीद्वारा नयाँ मोबाइलको लञ्च गरिएको थियो । 

ह्वावेका कन्ट्री निर्देशक, जोयस् झुले नोभा टू आईले नेपाली बजारमा पाएको व्यापक सफलता पाए झै ह्वावे वाई नाइन २०१८ ले पनि राम्रो गर्ने अपेक्षा गरिएको बताए । वाई नाइन २०१८मध्ये रेञ्ज विधाको ज्यादै नै उत्कृष्ट फोन भएकोले प्रयोगकर्ताहरुले यसको फोर क्यामेरा सेटअप, सुन्दर फुलभ्यु डिस्प्ले र एआर लेन्स भएको ईन्टेलिजेन्ट क्यामरालाई र यसलाई मनपराउने कुरामा आफूहरु ढुक्क रहेको झूले बताए ।

यो नयाँ मोडल ३ जीबी र्याम र ३२ जीबी रोमको साथमा इउमयूआई ८.० अपरेटिंग सिस्टमबाट संचालित छ ।

यसमा १३ एमपी र २ एमपीको रिअर क्यामेरा तथा उत्कृष्ट फोटोग्राफीका लागि दुवै लेन्सहरु अत्याधुनिक जडान गरिएको छ । अहिलेका ग्राहकहरुको रुचि र आवश्यकता अनुरुप यो वाइ नाइन मोडलमा १६ एमपी र २ एमपीका २ फ्रन्ट क्यामेराहरु र राम्रो फोटो अनि कम उज्यालोमा पनि सेल्फी टोनिङ प्mल्यासको लागि दुवै लेन्सहरुमा उत्कृष्ट एपेचर राखिएको छ, जसले यो फोनलाई फोटो एक्सपर्ट बनाइदिने कम्पनीको दाबी छ । यो फोनमा ठूलो स्क्रीन, शक्तिशाली ब्याट्री, ट्रिपल स्लट डुअल सिमको विशेषताका साथ यसमा मेमोरी कार्डको लागि पनि छुट्टै स्लट छ । मेटल बडी भएको यो आकर्षक फोन सुपथ मूल्यमै उपलब्ध छ ।

वाई नाइन २०१८ को अधिकतम बिक्रेता मूल्य रु. २५,९०० र वाई सेभेन प्रो २०१८ को रु. २०,९०० निर्धारण गरिएको छ ।