काठमाण्डौ । यूरोपेली तथा एसिया प्रशान्त क्षेत्रका देशहरुमा व्यापक सफलता पश्चात् सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी ह्वावेले पप–अप क्यामरा भएको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा सार्वजनिक गरेको छ । 

ह्वावे वाई नाइन प्राइम २०१९ सिरिजअन्तर्गत पप–अप क्यामरा र पूरै एचडी डिस्प्ले भएको बेजल–लेस फोन सबैभन्दा सस्तो दरमा उपलब्ध छ । नेपाली बजारमा यो स्मार्टफोनको मूल्य रु. २९,९९० तोकिएको छ । वाई नाइन प्राइम २०१९ कालो, नीलो र हरियो रंगहरुमा उपलब्ध छ ।

उच्च कार्यक्षमता, शक्तिशाली किरिन ७१० एफचिप सेट र इन्टेलिजन्ट ईएमयूआई नाइन अपरेटिङ सिस्टमजडित यो स्मार्टफोनमा एआई सपोर्ट गर्ने फोटोग्राफी, लामो ब्याट्री लाइफ, हाई एण्ड ग्राफिक्स र आकर्षक डिजाइनहरूसहित अन्य विशेष विशेषताहरू रहेको छ । 

यो स्मार्टफोनमा ट्रिपल क्यामरा सेटअप रहेको छ । यसमा १६ एमपी प्लस एइट एमपी प्लस टू एमपी रियर क्यामेरा सिस्टम रहेको छ । १६ एमपीको पप–अप क्यामराले जादूमय रूपमा काम गर्दछ । सामान्य अवस्थामा क्यामरा फोनको भित्रपट्टि हुनेछ भने जब फ्रन्ट क्यामरा संचालनमा ल्याइन्छ जस्तो कि सेल्फीहरू लिँदा यो स्वतः निस्किन्छ र स्क्रीनको अगाडि निस्कन्छ ।

पप–अपलेन्सलाई बाहिरपट्टि निस्कन एक सेकेण्ड मात्र लाग्दछ र एकदमै सहजै काम गर्दछ । १६एमपी क्यामरामा भएको एफ÷१.८ एपर्चरले समान्यतया हुने एफ÷२.२ एपर्चरले ५० प्रतिशतभन्दा बढी प्रकाश लिने गर्दछ र कम आवाज निस्कने र छिटो फोकस गर्ने गर्दछ । ८ एमपी सेन्सरले १२० डिग्री वाइड एंगल सटहरू लिने गर्दछ र विशाल ल्याण्डस्केपहरू वा आकाशको आकर्षक तस्वीरहरू खिच्न सक्दछ ।

पप–अप क्यामरासँगै यो बजेटफोनमा अन्य धेरै विशेषताहरू रहेका छन् । ६.५९ ईञ्चको फूल एचडी डिस्प्लेले ह्वावे वाई नाइन प्राइम २०१९सिरिजलाई  आकर्षक देखिने बनाएको छ र स्क्रीनमा त्यस्तो केही स्लाइड वा नोचहरू छैनन् ।