काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेड १ बराबर १ को अनुपात(१०० प्रतिशत) हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । 

यो कम्पनीले पुस ४ गते १०० रुपैयाँ अंकित दरका कुल ३० लाख १९ हजार ८ सय ८६.१० कित्ता हकप्रद बिक्रीको अनुमति माग्दै आवेदन दिएको हो । 

यो कम्पनीको गत भदौ ३० गते सम्पन्न वार्षिक साधारणसभाले १०० प्रतिशत हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित गरेको थियो । 

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धमा एनआइबिएल क्यापिटल मार्केट लिमीटेड रहेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ३० करोड १९ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि बढेर ६० करोड ४० लाखको उचाईमा पुुग्नेछ ।