काठमाण्डौ । टाटा समूहको ब्राण्ड भ्यालू २०१९ मा ३७ प्रतिशतको बढोत्तरीको साथ १९.५ अर्ब डलर पुगेको छ । 

एक रिपोर्टमा भनिएको छ कि यो बढोत्तरीसँगै टाटा विश्वका टप १०० ब्राण्ड भ्यालू भएको कम्पनीमा समेटिएको छ । 

लण्डनस्थित ब्राण्ड फाइनान्सबाट तयार गरिएको सूचिमा विभिन्न क्षेत्रमा कार्यरत टाटा विश्वका टप ब्राण्ड भ्यालू भएका कम्पनीको सूचिमा ८६ औं स्थानमा परेको छ । 

गत वर्षको मूल्यवान ब्राण्डको यस्तो सूचिमा टाटा १०४ औं स्थानमा थियो । एकवर्षमै टाटाले १८ स्थान माथि उक्लिने सफलता हासिल गरेको हो । 

टाटा समूहबाट जारी गरिएको विज्ञप्तिमा ब्राण्ड फाइनान्सका मुख्य कार्यकारी डेभिड हेगलाई उद्धृत गर्दै भनिएको छ कि सन् २०१९ मा टाटाको ब्राण्ड मूल्यमा उल्लेखनीय बढोत्तरी भएको देखियो । यो एक मात्र भारतीय ब्राण्ड हो, जुन विश्वका टप १०० मूल्यवान ब्राण्डको सूचिमा परेको छ ।

टाटा सन्सका चेयरमेन एन चन्द्रशेखरनले भनेका छन् कि यो उपलब्धिबाट आगामी दिनमा विश्व स्तरमा आफ्नो कारोबारलाई जिम्मेवार ढंगले अगाडि बढाउने प्रोत्साहन प्राप्त हुनेछ । आगामी दिनमा आफ्नो समूहले अझै धेरै विशिष्टता हासिलको प्रयास गर्ने उनले खुलाएका छन् ।