काठमाण्डौ । भनिन्छ कि तलबको तुलनामा खर्च ज्यादै तीव्र गतिले बढिरहेको हुन्छ । तर, मानिसले आफ्नो तलबलाई सही तरिकाले उपयोग गर्ने हो भने त्यो व्यक्तिको तलब बराबरको अलग्गै आम्दानी तयार हुन्छ । तर यसका लागि तपाईले खर्च र लगानीको निकै राम्रो योजना बनाउनुपर्ने हुन्छ र केही वर्ष प्रतिक्षा गर्नुपर्ने हुन्छ । 

तपाई यदि यो लक्ष्य चाँडो हासिल होस् भन्ने चाहनुुहुन्छ भने आफ्नो हरेक महिनाको तलबबाट निश्चित रकम लगानीका लागि छुट्याउनुपर्ने हुन्छ । यदि तपाई कम लगानी गर्न चाहनुुहुन्छ भने तपाईको लक्ष्य पूरा हुन केही लामो समय लाग्न सक्छ । 

कति समयमा प्राप्त होला लक्ष्य ?
यदि तपाईको तलब मासिक ५० हजार रुपैयाँ छ भने तपाईले प्रत्येक महिना १० हजार लगानी गरेर आफ्नो लक्ष्य प्राप्त गर्न सक्नुुहुन्छ । मासिक १० हजारको दरले यदि १५ वर्षसम्म लगातार लगानी गर्नुभयो भने तपाईको साथमा ५० लाख रुपैयाँ हुनेछ । तपाईले चाहनुुभयो भने दुुई प्रकारले लगानीको योजना बनाउन सक्नुहुुन्छ । यदि तपाईको तलब ५० हजार भन्दा कम वा धेरै छ भने जरुरतको हिसाबले मासिक कतिसम्म लगानी गर्न सकिन्छ भन्ने कुरा तय गरेर योजना बनाउन सक्नुुहुन्छ । यस्तो योजना २ प्रकारले बनाउन सकिन्छ । 

१० हजारको लगानी यसरी बन्छ ५० लाख
म्युचुुअल फण्ड लगानीमा सबैभन्दा राम्रो रिटर्न दिने विकल्प हो । यहाँ ५ देखि १० वर्षको हिसाबले हेर्ने हो भने २० प्रतिशतको हाराहारीमा रिटर्न प्राप्त हुन्छ । तर, १२ प्रतिशतकै हिसाबले रिटर्न हुने अपेक्षा मात्र राख्ने हो भने पनि मासिक १० हजारको लगानी ५० लाख हुनेछ । 
त्यसपछि त्यही ५० लाखलाई पुनः लगानी गरी कुस्त कमाउन सकिन्छ । म्युुचुुअल फण्डमा लगानीको एउटा विकल्प लाभांश पनि हुन्छ । राम्रो खालको म्युुचुुअल फण्डमा हरेक वर्ष आरामले १२ प्रतिशतसम्मको रिटर्न पाउन सकिन्छ । यस्तो म्युुचुुअल फण्डमा ५० लाख हाल्ने हो भने वार्षिक ६ लाख रुपैयाँ आरामले कमाउन सकिन्छ । यो हिसाबले मासिक १० हजारको लगानी १५ वर्षपछि ५० लाखको हुन्छ र त्यो ५० लाखले मासिक ५० हजार आनन्दले आम्दानी दिन्छ । अहिलेकै अवस्थामा हेर्दा मुद्धती खातामा समेत राम्रो रिटर्न प्राप्त हुुने देखिन्छ । 

५ वर्षमै लक्ष्य प्राप्ति
यदि तपाईलाई १५ वर्षसम्म मासिक १० हजारको दरले लगानी गर्नु अप्ठ्यारो लाग्छ भने त्यसलाई घटाएर तपाईले ५ वर्षको योजना समेत बनाउन सक्नुुहुन्छ । यो योजनामा तपाईले ५ वर्षसम्म मासिक १० हजार रुपैयाँको दरले लगानी गर्नुपर्ने हुन्छ । त्यसपछिको लगानी ५ वर्षसम्मको लगानी र त्यसबाट प्राप्त हुने रिटर्नले नै दिन थाल्छ । यस्तो गर्दा लक्ष्य १५ को साटो २० वर्षमा प्राप्त हुन्छ । ५ वर्षसम्म जम्मा भएको रकमले नै बाँकी बर्ष तपाईले जम्मा गर्ने रकम जोहो गरिदिन्छ । 

म्युुचुुअल फण्डमा लगानी गर्दा रिटर्न १२ प्रतिशतको भयो भने ५ सालमा मासिक १० हजारको लगानी बढेर ८ लाख ५० हजार हुन जान्छ । त्यसपछि यही रकमलाई राम्रो म्युुचुुअल फण्डमा लगानी गर्नुहोस् । त्यस्तो म्युुचुुअल फण्डबाट वार्षिक १ लाखको हाराहारीमा तपाईलाई लाभांश प्राप्त हुन्छ । यो हिसाबले तपाईले ५ वर्षपछिको अवधिमा मासिक ८ हजार ५ सयको दरले मासिक लगानी गर्न सक्नुुहुन्छ । 

अगाडिका लागि यसरी बनाउनुुहोस् योजना
कुनै पनि राम्रो म्युुचुुअल फण्डमा मासिक ८ हजार ५ सय रुपैयाँको लगानी नियमित रुपमा गर्नुहोस् । १२ प्रतिशत रिटर्नको हिसाबले अघिल्लो १५ वर्षभित्र यो बढेर ४२ लाख ५० हजार हुनेछ । यसरी ८ हजार ५ सय दरको लगानीबाट १५ वर्षपछि तपाईसँग ४२ लाख ५० हजार रुपैयाँ रकम हुनेछ । त्यसअघिको ८ लाख ५० हजार समेत त्यसमा थप्दा तपाईले २० वर्षमा ५१ लाख कमाउन सक्नुुहुन्छ । 

त्यसपछि प्रत्येक वर्ष लाभांश पाउने म्युुचुुअल फण्डको विकल्पमा त्यो ५० लाख एकमुुष्ट लगानी गर्नुहोस् । यसले तपाईलाई १२ प्रतिशतको दरले नै रिटर्न दियो भने पनि मासिक ५० हजार आनन्दले कमाउन सक्नुुहुन्छ, तपाईको सावा पनि डूूब्दैन । 

जानकारहरुका अनुसार लामो समयका लागि म्युुचुुअल फण्डमा गरिएको लगानीले राम्रो रिटर्न दिनसक्छ । यसकारण समेत आम मानिसले केही न केही लगानी म्युुचुुअल फण्डमा गर्नुपर्छ । आम रुपमा म्युचुुअल फण्डले राम्रो रिटर्न दिन्छ, तर सेयर बजारमा हुने उतारचढावले यसको रिटर्न पनि तलमाथि हुनसक्छ, यस्तो बेलामा अत्तालिनुु पर्दैन । आफूले लगानी गर्नुभन्दा अगाडि कम्पनीको बिषयमा राम्रो अध्ययन गर्नुपर्छ र आफूले जानिएन भने राम्रो विज्ञको समेत समल्लाह लिन सकिन्छ । 
एजेन्सीहरुको सहयोगमा