काठमाण्डौ । रुपन्देहीको मायादेवी गाउँपालिकामा रहेको सिद्धार्थ सिमेन्ट उद्योगका ११ जनामा कोरोना संक्रमण देखिएपछि सिमेन्ट उत्पादन लगायतको काम बन्द भएको छ । 

सो सिमेन्टमा कार्यरत एक कर्मचारीका अनुसार त्यहाँ कार्यरत ११ जनामा कोरोना संक्रमण भएसँगै मायादेवी ३ स्थित कम्हरियामा रहेको सो उद्योगको उत्पादन ठप्प भएको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा सो उद्योगमा कार्यरत ८३ जनाको पीसीआर परीक्षण गरिएकोमा ९ पुरुष र २ महिला कर्मचारी तथा मजदूरमा कोरोना संक्रमण पुष्टि भएको हो । 

शनिवार सो उद्योगका ४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएपछि बाँकी सबैको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । 

उद्योग प्रशासनले उत्पादन कार्य केही दिन मात्र बन्द हुने, संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखिने र बाँकी कामदार तथा कर्मचारीको सहयोगले उत्पादन कार्य सुचारु गरिने प्रष्ट पारेको छ ।