काठमाण्डौ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले राष्ट्रब्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेनलाई माघ महिनामा पनि निरन्तरता दिएको छ । 

उपभोक्तालाई खरिद निर्णय लिनुपूर्ण पहिलो अनुभव तथा सन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले आयोजना गरेको यस कार्यक्रम सुजुकीका दशवटा आधिकारिक शोरुम भक्तपुर, बनेपा, पोखरा, बाग्लुङ्ग, दमौली, नारायणघाट, लहान, इटहरी, दमक र विराटनगरबाट माघ २०७४ मा सञ्चाल नभई सफल भएको थियो । 

कम्पनीले यस टेष्ट राईड कार्यक्रम हालसम्म जम्मा १८ स्थानहरुमा सफलतापूर्वक पौष महिनाको सुरुवातदेखि आयोजना गर्दै आएको छ ।

कम्पनीकाअनुसार माघ महिनामा ७१४ जना टेष्ट राईडको कार्यक्रममा सहभागी थिए । सहभागी भएका ग्राहकहरुले सकारात्मक धारणा व्यक्त गर्दै सुजुकी सेलेरियो एक परफेक्ट फेमिली कार रहेको प्रतिक्रिया दिएका छन् ।

मार्केटिङ एण्ड स्ट्रयाटिजी डिजीएम  सिरज पन्तले भने, “ग्राहकहरुको उल्लाहसपूर्ण सहभागिताले हाम्रो यो सुरुवातलाई आशापूर्ण प्रतिक्रिया दिएको थियो र यो माघ महिनाको क्याम्पेनमा पनि निकै हौसलापूर्ण सहभागिता देखिएको छ, हालसम्म १२०० भन्दा धेरै ग्राहकले यो सुविधा महसुस गुर्न भएको छ ।”

सेलेरिया “द परफेक्ट फेमिलीकार” नेपाली बजारमा गत पुस महिनामा टेष्ट राईड अभियानमार्फत बजारमा आएको थियो । हरेक टेष्ट राईडमा उपभोक्ताले आकर्षक उपहारका साथै १ जना भाग्यमानी उपभोक्ताले बम्पर रु. १ लाख क्यासब्याक जित्ने अवसर पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।