काठमाण्डौ । अमेरिकाले गैरकानूनी रुपमा बसोबास गर्दै आएका लाखौं आप्रबासीलाई देश निकाला गर्ने भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एक ट्वीटमार्फत यस्तो जानकारी गराएका हुन् । 

अमेरिकाको यो कडा कदमका कारण त्यहाँ गैरकानूनी आप्रबासीको रुपमा बसोबास गरिरहेका संसारभरका मानिस झै सयौं नेपालीहरु समेत प्रभावित हुनेछन् । अमेरिकामा गैरकानूनी आप्रबासनमा रहेका नेपालीको संख्या समेत निकै रहेको अनुमान गरिन्छ । 

राष्ट्रपति ट्रम्पले अध्यागमन र भन्सार कार्यान्वयन गर्ने एजेन्सीका अधिकारीहरूले अर्को सातादेखि आप्रवासी हटाउने अभियानको थालनी गर्ने ट्वीटमार्फत जानकारी गराएका छन् । 

‘चाँडोभन्दा चाँडो उनीहरू(गैरकानुनी आप्रबासी)लाई हटाइनेछ।’  ट्रम्पले ट्वीट गरेका छन् । 

आफ्नो कार्यकालको सुरुवातदेखि नै मेक्सिकोसँग जोडिएको सीमानामा पर्खाल लगाउने विषयमा निरन्तर वकालत गरिरहेका ट्रम्पले आप्रबासी रोक्न पछिल्लो समय मेक्सिकोले गरिरहेको कडाईको प्रशंसा गरेका छन् । मेक्सिकोले निकै कडा आप्रबासी कानूनमार्फत यस्ता मानिसहरुलाई रोक्ने निकै राम्रो प्रयास गरिरहेको छ । उनले भनेका छन् । 

एक तथ्याङ्कअनुसार अमेरिकामा अहिले झन्डै १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेका छन्। तीमध्ये पनि सबैभन्दा बढी मध्य तथा ल्याटिन अमेरिकी मुलुकका छन्।